मोरङ । कोशी प्रदेशको आन्तरिक मामिला मन्त्रालयले ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ bipad.koshi.gov.np शुभारम्भ गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ bipad.koshi.gov.np को आरम्भ गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरुरी रहेको बताएका छन् । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उनले निर्देशन दिए ।
उनले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगत रूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए । उनले यसबारेमा नागरिकलाई सुसूचित गराउनुपर्नेमा समेत जोड दिए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पु¥याउने सरकार प्रतिबद्ध रहेको बताए ।
तपाईको प्रतिक्रिया