चट्याङ लागेर दुई जनाको मृत्यु

समाचार

बाँके । राप्ती सोनारी गाउँपालिका–२ हरियरपुर बस्ने ३४ वर्षीया सम्झना बिक र सोही ठाउँ बस्ने ३७ वर्षीया बसन्ती भन्ने निमा उपाध्यायको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ३० वर्षीया शलिना डिसीको खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै चट्याङ लागेर घाइते भएकी शलिनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ