मधेशका पूर्वअर्थमन्त्री भ्रष्टाचारी ठहर

समाचार

जनकपुरधाम । मधेश प्रदेशको सर्लाही जिल्लाको लालबन्दीमा झलनाथ खनालको नाममा स्थापित स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर विशेष अदालतले गरेको छ ।

मधेश प्रदेशका तत्कालीन आर्थिक तथा योजनामन्त्री विजय कुमार यादवलाई नौ वर्ष एक महिना जेल सजाय तोकिएको छ । विशेष अदालतले दोषी ठहराएका यादवलाई तीन करोड उनन्साठी लाख ६६ हजार ६ सय जरिवाना हुने फैसला पनि गरेको छ ।

सोही प्रकरणमा विशेष अदालतले उनीबाट दुई करोड ३५ लाख २९ हजार ३८६ असुल गर्न पनि आदेश दिएको छ । दोषी ठहर भएका झलनाथ खनाल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी देवेन्द्र राईलाई जनही ८–८ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

सोही प्रकरणमा विशेष अदालतले लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ दिएको छ ।

आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले कानून विपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० असोज २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सो प्रकरणमा आयोगले झण्डै १८ करोड रुपैयाँ मागदाबी गरेको थियो ।

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६–०७७ को बजेट वक्तव्यमा सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापना गर्ने गरि सर्पको दंश प्रयोग हुने एन्टिभेनम औषधिको उत्पादन गर्ने योजना रहेका थिए ।

विशेष अदालतले दोषी ठहर हुनु भएका मधेश प्रदेश सरकारका पूर्व आर्थिक तथा योजनामन्त्री विषय कुमार यादव जनता समाजवादी पार्टीका नेता पनि रहनु भएको छ । सिरहा जिल्ला निवासी यादव प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पनि भएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ