भारतका प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई

समाचार

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा शुभकामना सन्देश दिँदै उनले दुई देशको मित्रतालाई अझै सुदृढ बनाउन चाहेको बताएका छन् ।

‘दुई देशबीचको मित्रताको गहिरो बन्धनलाई अझ सुदृढ गर्न र राष्ट्रका जनताको प्रगाति र समृद्धिका लागि सहयोगलाई अझ नजिकबाट विस्तार र सहकार्य गर्न तयार छु’, उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ