पर्सा । पटेर्वा सुगौली गाउँपालिका–४ देउरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब २० किलोग्राम सोमबार राति प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा सोही ठाउँस्थित हनुमान मन्दिरको छेउमा बोरामा रहेको उक्त पदार्थ फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया