परराष्ट्रमन्त्रीलाई भारतीय समकक्षीको शुभकामना

समाचार

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भारतीय समकक्षी डा.एस जयशंकरले शुभकामना दिएका छन् ।

भारतका बाह्य मामिलामन्त्री डा सुव्रमन्यम जयशङ्करले नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भारतका बाह्य मामिलामन्त्रीले बहुआयामिक साझेदारीयुक्त नेपाल–भारत सम्बन्धलाई अझ सुमुधर तुल्याउनका खातिर मन्त्री राणासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ