काठमाडौं । भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्सको नेपाल भ्रमण नेपाल भ्रमण सम्पन्न भई स्वदेश फर्किएको छ ।
भारतीय सेनाका मेजर जनरल चरणजीत सिंह देवगन, वाइएसएम, कर्णेल अफ दी रेजिमेन्ट, ३ गोर्खा राइफल्स नेपालको छ दिने औपचारिक भ्रमणका लागि आश्विन १४ गते काठमाडौं आइपुगेका थिए । उनीहरुलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल वी सुब्रमण्यम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
जनरलले पोखराको पनि भ्रमण गरे र त्यहाँ भूतपूर्व सैनिक ¥यालीमा वीरता पुरस्कार विजेता र वीर नारीलाई सम्मान गरे ।
नेपाल भ्रमणका क्रममा उनले रक्षा प्रभागका विभिन्न शाखा र भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ईसीएचएस) पोलिक्लिनिकको भ्रमण गरे ।
उनले हाम्रा वीर भूतपूर्व सैनिकको सेवामा ईसीएचएस नेपालको पहुँचलाई अझ अगाडी बढाउने कुरामा जोड दिए ।
नेपालसँग भारतको द्विपक्षीय सैन्य सम्बन्धलाई अझ अघि बढाउने र दुई देशका सेनाबीचको सम्बन्धलाई सुदृढ पार्ने विषयमा छलफल गर्न भ्रमणका क्रममा जनरलले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देलसँग नेपाली सेनाको मुख्यालयमा शिष्टाचार भेटवार्ता गरेका थिए ।
मेजर जनरल चरणजीत सिंह देवगनले उनको सफल र फलदायी छ दिने नेपाल भ्रमण आश्विन १९ गते सम्पन्न गरेका हुन् । उनले दुवै देशको द्विपक्षीय सम्बन्धलाई अघि बढाउन खेलेको कुशल व्यावसायिक भूमिका र नेपालमा भूतपूर्व सैनिकहरुको कल्याणका लागि लिइएका प्रयासका लागि भारतीय राजदूतावासस्थित रक्षा प्रभागका कर्मचारीहरुको प्रशंसा गरेका थिए ।
तपाईको प्रतिक्रिया