पोखरामा मधेशका मुख्यमन्त्रीले मैथिलीामा भने, ‘अप्पन भाषा, भेष आ साँस्कृतिक संरक्षण हमरा सभक दायित्व अछि’

समाचार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले मधेशवासीले स्वदेश तथा विदेशका जुनसुकै भूगोलमा बसोबास गरे पनि आफ्ना भाषा, भेषभूषा र सँस्कृतिको जर्गेना गर्दैआएको बताएका छन् ।

मधेश–कास्की सम्पर्क समाजद्वारा आयोजित नवदुर्गा समारोहमा सहभागी हुन शनिबार पोखरा पुगेका मुख्यमन्त्री सिँहले देशका विभिन्न क्षेत्रमा पेसा र व्यवसायका सिलसिलामा पुगी बसोबास गरिरहेका मधेशी समुदायले आफ्नो मौलिक र विशिष्ठ सँस्कृति तथा परम्परा साझा गर्ने दायित्व पुरा गरी मधेशको गौरव र गरिमा वृद्धि गरेको उल्लेख गरेका हुन् ।

मैथिली भाषामा बोल्दै उनले मधेशबाट आएर पोखरामा बसोबास गरिरहेकाहरूले शक्ति स्वरूपा दुर्गाको पूजा समारोहमा आफूलाई आमन्त्रण गरेकामा आभार व्यक्त गरे । उनले भने, ‘कार्यव्यस्तताका बाबजुद पनि म तपाईँहरूको आशीर्वाद ग्रहण गर्न र शुभकामना दिन पोखरा आएको छु ।’

पोखरा र जनकपुरधामको पर्यटकीय विकासका लागि हवाई कनेक्टिभिटी आवश्यक रहेको भन्दै मुख्यमन्त्री सिँहले सीमावर्ती क्षेत्रमा रहेको धार्मिक नगरी जनकपुरधाममा हजारौँको सँख्यामा भारतीय पर्यटक आउने गरेको र तिनको आकर्षक गन्तव्य पोखरासमेत रहने गरेकाले फलाइट कनेक्टिभिटीमार्फत पर्यटनको विकास तथा विस्तार गर्न सकिने कुरामा जोड दिए ।

समारोहअन्तर्गत मुख्यमन्त्री सिँहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा सयौँको सँख्यामा मधेशी समुदायको सहभागिता रहेको थियो । उनीहरूले मुख्यमन्त्री सिँहलाई पोखरामा भव्य स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ