कागेश्वोरी मनोहरामा नवदुर्गा मन्दिरसँगै मूल प्रवेशद्वार निर्माण

समाचार

काठमाडौं । कागेश्वोरी मनोहरा नगरपालिकाअन्तर्गत बिरेन्द्रचोकस्थित वडा नम्बर ०७ मा रहेको नवदुर्गा मन्दिरसँगै मूल प्रवेशद्वार निर्माण गरिएको छ ।

नवदुर्गा टोल सुधार सेवा समाजको सक्रियता र टोलबासीको सहयोगमा लगभग सात लाखको खर्चमा निर्माण गरिएको कलात्मक प्रवेशद्वारका लागि कागेश्वोरी मनोहरा नगरपालिका अन्तर्गत वडा नम्बर ०७ का वडा अध्यक्ष भिम थापाले वडाको तर्फबाट आफुले सकेसम्मको सहयोग गर्ने आश्वासन दिएको संस्थाका अध्यक्ष गोबिन्द बहादुर भट्टराईले बताए ।

यसैगरी संस्थाका उपाध्यक्ष गोरखराज ओझाले नवदुर्गा मदिरसंगै निर्माण गरिएको प्रवेशद्वारले यस ठाँउको ऐतिहासिक र धार्मिक महत्त्वमा वृद्धि गर्नाका साथै धार्मिक पर्यटक आवागमनमा पनि वृद्धि हुने विश्वास व्यक्त गरे ।

दक्ष कालिगडद्वारा दुई महिना लागाएर निर्माण कार्य सम्पन्न गरिएको यस प्रवेशद्वारको वरिपरि विभिन्न जातका फुलहरुको बगैचा पनि तयार गरिएको संस्थाका सचिव पर्शुराम अधिकारीले बताए ।

करिब डेढ वर्षअघि मात्र नवदुर्गा टोल सुधार सेवा समाजकै सक्रियतामा नगरपालिका, वडाकार्यलय र टोलबासिको सहयोगमा निर्माण कार्य सम्पन्न भएको नवदुर्गा मन्दिरमा घटस्थापनाको दिन नवदुर्गा टोलबासिले संयुक्त रुपमा जमरा राख्ने कार्य सम्पन्न गरेका छन् ।

मन्दिरमा मुल पुजारीको अनुपस्थितिमा जेष्ठ नागरिक दुर्गा चौलागाईंद्वारा पुजाआजा, प्रसाद वितरण, आरती र किशोरचन्द्र भट्टराईद्वारा चन्डिपाठ हुने गरेको छ ।

दशमीको दिन बिहान देबी बिसर्जन गरि सम्पुर्ण टोलबासी भक्तजनलाइ जमारा बितरण गरि मन्दिर भित्र गरिने सम्पुर्ण कार्य सम्पन्न हुने संस्थाका कोषाध्यक्ष महेन्द्र थपलियाले बताए ।

मन्दिरमा पुजा गर्न चाहिने पुजाआजाका सामाग्री ,प्रसाद्का लागी चाहिने फलफुल र नैबेद सम्पुर्ण टोलबासीले पालैपालो गरेर लैजाने गरेको संस्थाका सदस्य उमा रेग्मी भट्टराईले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ