सामाजिक परीक्षण सम्पन्न

समाचार

कपिलवस्तु । पिस नेपाल कपिलवस्तुको आर्थिक वर्ष २०८०।८१ को सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु नगरपालिका वडा नं १२ को सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाकी कार्यक्रम संयोजक शिवकला पाण्डेयले संस्थाले बार्षिक रुपमा संचालन गरेका क्रियाकलाप तथा बजेटहरुको बारेमा प्रस्तुति गरेकी थिइन् ।

कारितास नेपालको सहयोगमा कपिलवस्तु नगरपालिका, विभिन्न स्थानीय पालिकाहरुको सहकार्यमा क्षमता विकास कार्यक्रम, सेभ द चिल्डेनको समन्वयमा विपद् व्यवस्थापनका कार्यक्रमहरु संचालन गरेको कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सरोकारवलाहरुबाट उठेका सवालहरुको संस्थाका प्रतिनीधीहरुले जवाफ प्रदान गरेका थिए ।

कार्यक्रममा कपिलवस्तु वडा नं १२ का वडा अध्यक्ष इन्सान अलि धुनियांले सामाजिक संस्थाहरुको योगदानले समाजमा परिवर्तन आएकोले थप सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नको लागि सुझाव प्रदान गरे त्यसको लागि वडा कार्यालय र नगरपालिकाले समन्यव गर्ने बताए ।

त्यस्तै नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले संस्थाले गरेका काम सरोकारवाला र समुदायमा राख्दा पारदर्शिता हुने बताए ।

साथै लाभगा्रँही संग प्रतक्ष संवाद गर्दा संस्थालाई आगामी दिनमा योजना वनाउन र गुनासो सम्बोधन गर्नको लागि सामाजिक परिक्षण महत्वपुर्ण हुने बताए ।

संस्थाको सामाजिक परिक्षणको सहजिकरण गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष जय प्रकाश पाण्डेयले गरेका थिए ।

सरोकारवाल तथा लाभाग्राही तथा समन्वकर्ताहरु बाट आएको सुझावहरुलाई संस्थाले आगामी बर्षको योजनामा थप गरेर सम्बोधन गर्ने संस्थाका कार्यकारी सदस्य शिव कुमार ढाडीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ