रौतहटमा स्कारपियो दुर्घटनामा ७ महिलासहित ८ जनाको मृत्यु, ५ घाइते

समाचार

राकेश यादव, रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ धन्सार पुल नजिकको जंगलमा सोमबार राती स्कारपियो दुर्घटना हँदा ८ जनाको मृत्यु भएको छ ।

बारा जिल्लाको बरियारपुरमा रहेको गढि़माई मेला हेरेर फर्की रहेको स्कारपियो पुर्ब पछिम महेन्द्र राजमार्गको जंगलमा अनियन्त्रित भै दुर्घटना हुदा ८ जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

निजगढबाट चन्द्रनिगाहपुर तिर आउँदै गरेको वा १६ च ३१६२ नम्बरको स्कारपियो दुर्घटनामा परि जिल्ला सिराहा अर्नामा गाउपालिका ३ बठिया टोल बस्ने ६० वर्षीया लरुवती देवी महरा, ३० वर्षीया उर्मिला महरा, ५० वर्षीया राम कुमारी महरा, ५५ वर्षीया महंगी देवी महरा, ६२ वर्षीया फूलमान्ती देवी चमार, ६० वर्षीया राम कुमारी देवी महरा, ३० वर्षीया सकुन्तला देवी महरा र स्कारपियो चालक बलुबा टोल निवासी श्री कुमार यादवको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

दुर्घटनामा परि जिल्ला सिराहा अर्नामा गाउँपालिका ३ बस्ने उमेश रामको श्रीमती ३० वर्षीया राधा राम, उमेश रामको छोरा २ वर्षको आर्यन राम, गणेश रामको श्रीमति देव कुमारी महरा, गणेश रामको छोरा ७ वर्षको रितिक महरा र वडा नम्बर ३ बस्ने ६० वर्षीया कन्या देवी महरा घाइते भएको प्रहरी नायव उपरिक्षक राजन कुमार राइले जानकारी दिएका छन्।

कन्या देवी महराको थप उपचारको लागि बिरगंज पठाइएको छ भने अन्य घाइतेको उपचार सरकारी अस्पताल चन्द्रनिगाहपुरमा भैरहेको छ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ