काठमाडौं, १६ फागुन । आइएमईले बैंक डिपोजिटलाई लक्षित गरि होस्टेमा हैंसे अफर सार्वजनिक गरेको छ । सेवाग्राहीमुखी उक्त अफर फागुन १७ देखि चैत्र १७ (तद्नुसार मार्च १ देखि मार्च ३१, २०२२ सम्म) एक महिनासम्म कायम रहनेछ ।

काठमाडौं, १६ फागुन । यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार पत्रकार सम्मेलन गरेर १८ औं संस्करणको अवार्डको मिति सार्वजनिक गरेको हो ।

काठमाडौं, १५ फागुन । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।

काठमाडौं, १३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व संकलन र सरकारी खर्चबीच तालमेल हुन नसक्दा अर्थतन्त्र संकटमा पर्ने गरेको बताएका छन् ।

काठमाडौं, १२ फागुन । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन)ले नेपालमा सञ्चालन हुने अरुण तेस्रो जलविद्यतुत परियोजनाका लागि ६३ अर्ब ३३ करोड भारतीय रुपैयाँ (एक खर्ब १ अर्ब रुपैयाँ) लगानीका लागि बैंकहरुसँग सम्झौता गरेको छ ।

काठमाडौं, ८ फागुन । हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया अलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको छ ।

काठमाडौं, ३ माघ । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ । 

काठमाडौं, २९ पुस । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को २७ आंै वार्षिक साधारण सभा होटल क्राउन इम्पेरियल, रबिभवन, काठमाडौंमा विद्युतिय माध्यमबाट जुम मिटिङ्गमार्फत सम्पन्न भएको छ । 

काठमाडौं, २५ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त हुनु भएको छ ।

काठमाडौं, १८ पुस । ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

काठमाडौं, १२ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरुप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

काठमाडौं, १२ पुस । मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ ।

काठमाडौं, १० पुस । जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पु¥याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ ।

काठमाडौं, ९ पुस । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत १७५ भन्दा बढी डिजिटल बैंकिङ्ग साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । 

काठमाडौं, ६ पुस । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । 

काठमाडौं, २९ मंसिर । मिदास टेक्नोलोजीले वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । 

काठमाडौं, २७ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

काठमाडौं, २६ मंसिर । नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा गत शुक्रबार राजधानी काठमाडौंमा सम्पन्न भएको छ । 

काठमाडौं, २१ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ समुन्नत जीवन” जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । 

काठमाडौं, १९ मंसिर । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल पर्यटन बोर्डबीच बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

काठमाडौं, १३ मंसिर । ‘अब बनाउनु छ नाडा, सबै अटोमोवाइल्स व्यवसायसीको साझा’ भन्ने मूल नाराका साथ ध्रुव थापा समूहले काठमाडौंको होटल क्राउन इम्पेरियलमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनको सम्बन्धमा अन्तक्रिया तथा छलफल कार्यक्रम गरेको थियो ।

काठमाडौं, १० मंसिर । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रीत योजना आजबाट सार्वजनिक गरिएको छ । 

काठमाडौं, ८ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्टप्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । 

काठमाडौं, ३ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

काठमाडौं, २ मंसिर । विगत वर्षहरूमा झैँ आइएमईले २०७८ का ठूला चाडपर्र्वलाई लक्षित गरी ल्याएको आइएमई डबलको डबलको डबल अफरका बम्पर विजेता सार्वजनिक गरेको छ ।

ट्रेन्डिङ