भ्रष्टाचार मुद्दा खेपिरहेका राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक चुडामणि शर्मा दोस्रो भ्रष्टाचार मुद्दामा ४५ लाख रुपैयाँ धरौटीमा छुटेका छन्।
नेपालको अर्थ व्यवसाय जगतमा अहिले चर्चाको बिषय बनेको छ, को बन्ला नेपालकै पहिलोे सिइओ अफ दि इयर ? अर्थ तथा व्यवसाय जगतमा क्रियाशील तथा सफल सिईओ,चेयरपर्सन,डाइरेक्टर तथा म्यानेजिङ डाइरेक्टरहरुको सम्मानका लागि काठमाडौमा एक भव्य समारोहका बीच यो अर्वाड प्रदान गर्न लागीएको हो ।
नेपाल टेलिकमले होली पर्वको अवसरमा ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । सो अफर कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले फागुन १७ देखि चैत्र १ गतेसम्म उपयोग गर्न सक्ने छन ।
बुटवल पावर कम्पनीले निष्काशन गरेर बिक्री नभएको झण्डै २८ प्रतिशत सेयर प्रत्याभुतकर्ताहरुले किन्नु पर्ने भएको छ ।
३० साउन २०१३ मा जन्मिएका खतिवडाले मेची क्याम्पस भद्रुपरबाट इकोनोमिक्स विषयमा स्नातकसम्मको अध्ययन गरे ।
कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूलनाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेको थियो ।
६ महिनाअघि मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्नका बिक्री प्रवन्धक नियुक्त गरेको छ ।
लगानीमैत्री वातावरण तथा सहज कानूनी प्रबन्धले मुलुकको होटल क्षेत्रमा आठ अर्ब बराबरको लगानी भएको छ ।
देउवा सरकार बर्हिगमन भएर ओली सरकार गठन हुने प्रक्रिया हुँदै गर्दा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हरियाली छाएको छ ।
एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघले नेपाल सरकारसँग विभिन्न निर्माण कार्य गरेबापत रु ४४ अर्ब रकम लिन बाँकी रहेको जनाएको छ ।
कारोबारमा आएका दशवटै समूहमा गिरावट आएपछि नेप्से परिसूचक सोमबार एक हजार चार सय विन्दुमा ओर्लिएको छ ।
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको सेयर मूल्यमा तिब्र गिरावट आएको छ । पछिल्लो समय बजारमा लगानीयोग्य रकमको अभावमा बजार तल झरिरहेको छ ।
काठमाडौं – यस वर्षको प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’का लागि भारतबाट १ करोड २५ लाख बराबरको रातो गुलाफ आयात गरिने भएको छ । यो गत वर्षको तुलनामा ३५ हजार स्टिक गुलाफ बढी हो।
नेपाल विद्युत प्राधिकरणले २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवद्र्धक प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालीसँग विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको मिति २०७४ माघ १० गते बुधबार बसेको ७६५ औं बैठक यस्तो निर्णय गरेको हो । कम्पनीले परफरमेन्स ग्यारेन्टी बापत २१ करोड ६० लाख रुपैंया बुझाएपछि पीपीएमा हस्ताक्षर हुने प्राधिकरणले जनाएको छ ।