बाँके, २६ असोज । राप्तीसोनारी गाउँपालिका–२ झुरीखोलामा बागमती प्रदेश ०१०२८ च ००४४ नम्बरको कार आफैं अनियन्त्रित भई दुर्घटना भएको छ ।

रुपन्देही, २६ असोज । सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीस्थित सडकमा लु.५५ प.४७५९ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोरङ, २६ असोज । प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका–२ बस्ने २९ वर्षीय रविन घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

धनुषा, २६ असोज । सहिदनगर न.पा.१ चिरैया बस्ने ६० वर्षीया अजोधी सहनीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

बाँके, २६ असोज । बैजनाथ गाउँपालिका–१ चिसापानीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित दुई पक्राउ परेका छन् ।

काठमाडौं, २५ असोज । हिन्दूहरुको महान आस्थाको पर्व छठ मनाउनको लागि काठमाडौंको रानीपोखरीमा घाट लगायत अन्य कुराहरुको व्यवस्थापन गरिदिन मधेशी आयोगले काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ ।

बाँके, २५ असोज । अविरल वर्षाद्का कारण बाँकेको राप्ती सोनारी गाँउपालिकाको वडा नं ७ र नरैनापुर गाँउपालिकाको वडा नं ६ मा सिक्टाले बनाएको बाध भत्किन थाले पछि स्थानीयहरु त्रासित बनेका छन् ।

मोरङ, २५ असोज । रंगेली नगरपालिका–९ दर्बेसाबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका ३ हजार प्याकेट सहित सुनवर्षी नगरपालिका–८ हस्नगडी बस्ने ३० वर्षीय जितेन्द्र राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सिरहा, २५ असोज । सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका डा. बिमल तिवारीले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधाम, २४ असोज । नेकपा एमालेबाट धनुषा क्षेत्र नम्वर २ मा उम्मेदवार बनेका पूर्वमन्त्री उमाशंकर अरगरियाप्रति जनतामा क्रेज बढ्दै गएको छ ।

बाँके, २४ असोज । चट्याङ लागेर बैजनाथ गाउँपालिका–३ बनखेत बस्ने ६८ वर्षीय कालिबन बस्नेतको मृत्यु भएको छ ।

रौतहट, २४ असोज । धनकैल गाउँपालिका–४ महिनाथपुर टोल बस्ने लडाई यादवको ४ वर्षीया छोरी काजल कुमारी यादवको मृत्यु भएको छ ।

काठमाडौं, २४ असोज । जनता समाजवादी पार्टी, नेपालले आगामी मंसीर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा २९ जनाको उम्मेदवारी दर्ता गरेको छ ।

काठमाडौं, २४ असोज । मधेश प्रदेशका पूर्वराज्यमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका राजनीतिक समिति सदस्य सुरेश मण्डलले प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी मनोनयन दर्ता पश्चात् आफ्ना विभिन्न प्रतिबद्धताहरु सार्वजनिक गरेका छन् ।

सर्लाही, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सर्लाही २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।

महोत्तरी, २३ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।

सर्लाही, २३ असोज । नेपाली कांग्रेसको शेखर कोइराला समूहका प्रभावशाली नेता डा.अमरेश कुमार सिंहले सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र मनोनयन दर्ता गराएका छन् ।

महोत्तरी, २३ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।

महोत्तरी, २३ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ नेता डा.विजयकुमार सिंहले महोत्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।

रौतहट, २३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि उम्मेद्वारी मनोनयन गर्ता गराएका छन् ।

जलेश्वर, २३ असोज । महोत्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेकपा (एमाले)का नेता राम अधार कापरले स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।

काठमाडौं, २३ असोज । पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारको सूचिमा एक जना मधेशी परेका छैनन् ।

काठमाडौं, २३ असोज । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज हुँदैछ ।

बाँके, २१ असोज । मंगलबारदेखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिकाको ६ वटै वडा जलमग्न भएको छ ।

काटमाडौं, २१ असोज । जनता समाजवादी पार्टी नेपालका महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (क) बाट निर्वाचित सांसद एवं संविधानसभा सदस्य कौशल यादवसहित दर्जनौं नेता कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

ट्रेन्डिङ