काठमाडौं, १२ असोज । आसन्न मंसिर ४ को प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको चुनावका लागि नेपाली कांग्रेसले मधेश प्रदेशका समानुपातिक उम्मेद्वार टुंगो लगाएको छ ।

काठमाडौं, १२ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि मंगलबार मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू भएको छ ।

बाँके, १२ असोज । नेपालगंज उपमहानगरपालिका–१५ भन्सार गेट अगाडि सडकमा यूपी ४० एसी ०८५७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

मोरङ, १२ असोज । ७ वर्षीया बालिकालाई बाल यौन दुरूपयोग गरेको अभियोगमा लेटाङ नगरपालिका–२ बुधबारे बस्ने २१ वर्षीय बिशाल रम्तेललाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज, ११ असोज । नेपालगञ्ज उपमहानगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । वडा नम्बर २२ बाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो ।

मोरङ, ११ असोज । १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको मंगलबार बिहान उद्घाटन भएको छ ।

धनुषा, ११ असोज । आफ्नै श्रीमती ३२ वर्षीया दुलारी सदाको हत्या गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–६ मुसहर टोल बस्ने रेबिया सदालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली, ११ असोज । गोदावरी नगरपालिका–४ गोदावरी धाम नजिकै सडकमा ग.१ ज ६८५५ नम्बरको जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पर्सा, ११ असोज । वीरगंज महानगरपालिका–३१ मिलन चौकबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित मकवानपुर राक्सिराङ गाउँपालिका–१ रायसी बस्ने ३४ वर्षीय सिमन चेपाङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम, १० असोज । धनुषा र महोत्तरीको चुनावी माहौल तातिंदै गएको छ । खासगरी धनुषाको ३, महोत्तरीको ३ र महोत्तरीको २ बढी चर्चामा छ ।

वीरगन्ज, १० असोज । वीरगन्ज महानगरपालिका वडा नं.२ छपकैयामा चट्याङ लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

विराटनगर, ९ असोज । प्रदेश नं. १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीर हटाएका छन् ।

काठमाडौं, ९ असोज । भारतका राष्ट्रकवि रामधारी सिंह ‘दिनकर’ को ११४औं जयन्ती तथा हिन्दी सप्ताह समापनको उपलक्ष्यम भारतीय दूतावासद्वारा दूतावासको स्वामी विवेकानंद सांस्कृतिक केंद्र सभागारमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ ।

काठमाडौं, ९ असोज । हिन्दू परिषद नेपाल उपत्यका कमिटी काठमाडौंद्वारा शनिबार मधेश मीडिया हाउस अनामनगरमा बडा दशैं, तिहार, छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान एवं चियापान समारोह सम्पन्न गरेको छ ।

बारा, ९ असोज । नक्कली नेपाली रुपैयाँको नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, ९ असोज । गृहमन्त्री बालकृष्ण खाणले जिल्लाको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित श्री शिव मन्दिर धर्मशालाको उद्घाटन गरेका छन् ।

काठमाडौं, ९ असोज । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेश माग गर्दै परेको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

विराटनगर, ९ असोज । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम प्रदेश नं. १ को मुख्यन्यायधिवक्ता पदमा परिवर्तन राईलाई नियुक्त गरेका छन् ।

सिरहा, ७ असोज । सिराहा नगरपालिका–१६ काली चोकबाट अवैध लागू औषध नाइट्राभेट १५ पिस, स्पास्मो ८ पिस र कोरेक्स जस्तो देखिने तरल पदार्थको ६ सय एमएलको १ थान डिब्बा सहित २ जनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बाँके, ७ असोज । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी राप्तीसोनारी गाउँपालिका–२ बस्ने ३६ वर्षीय गम बहादुर खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं, ७ असोज । नेपालकै अग्रणी व्यवसायिक संस्था सूर्य नेपाल प्रालिले आफ्नो नयाँ उत्पादन मंगलदीप पुष्पाञ्जली पूजा अगरबत्ती नेपाली बजारमा सार्वजनिक गरेको छ ।

काठमाडौं, ७ असोज । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले काभ्रेपलाञ्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणका लागि संयुक्त रुपमा भूमि पूजन सम्पन्न गरेका छन् ।

विराटनगर, ६ असोाज । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले संविधानमा लेखिएको अधिकार कार्यान्वयन नहुँदा नेपाली नागरिकता पाउनबाट आफूहरू वञ्चित

बीरगंज, ६ असोज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर बीरगंजले अलौमा आयोजना गरेको घुम्ती निःशुल्क स्वास्थ्य शिविरमा बिहीबार ३ सय २५ जनाको स्वास्थ्य परिक्षण गरेको छ ।

जनकपुरधाम, ६ असोज । मधेश प्रदेशको आठ वटा जिल्लामा नयाँ मतदाता थप सँगै मतदाताको सङ्ख्या ३३ लाख ८६ हजार ६ सय २८ पुगेको छ ।

ट्रेन्डिङ