काठमाडौं, ५ असोज । नेपालको ध्वजावाहक विमान कम्पनी नेपाल एअरलाइन्सले आठ वर्ष अघि ल्याएको चिनियाँ विमान बेच्ने योजना बनाएको छ ।

कैलाली, ५ असोज । कैलालीमा बुधबार दुई जना छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा भेट्टिएका छन् ।

रुपन्देही, ५ असोज । कृषि तथा पशुपन्छी क्षेत्रको विकासका लागि रुपन्देहीमा २१ करोड २ लाख २२ हजार बराबरको वार्षिक कार्यक्रम सार्वजनिक भएको छ ।

कपिलबस्तु, ५ असोज । शुद्धोधन गाउँपालिका–२ कर्माहवामा पोखरीमा डुबेर आमा छोराको मृत्यु भएको छ ।

जनकपुरधाम, ५ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेश चन्द्र लालले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेका छन् ।

जनकपुरधाम, ४ असोज । बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा धनुषा जिल्लाका विभिन्न पदका लागि उम्मेदवार बनेका मध्ये ५ हजार ७ सय २६ जनाले निर्वाचन खर्च नबुझाउनेलाई निर्वाचन आयोगले जरिवाना गरेको छ ।

काठमाडौं, ४ असोज । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै नागरिकताविहीन संघर्ष समितिले काठमाडौंस्थित माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

काठमाडौं, ४ असोज । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता उमेश यादव विद्यार्थी राजनीति परित्याग गरेका छन् ।

मोरङ, ४ असोज । धनपालथान गाउँपालिका–७ धनपालस्थित सडकमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया कलावती मण्डलको मंगलबार साँझ मृत्यु भएको छ ।

बारा, ४ असोज । कलैया नगरपालिका–२३ बस्ने ५० वर्षीया मिना देवी कुर्मीको आफ्नै घरमा दूध तताउने क्रममा ग्याँस लिक भई आगलागी हुँदा जलेर मृत्यु भएको छ ।

काठमाडौं, ४ असोज । नेपाल–भारत खुला सीमा सम्वाद समूहले खुला सीमा र साहित्य विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं, ४ असोज । संस्थापक मधेशवादी नेता जो ३४ वर्षदेखि निरन्तर मधेशको राजनीतिमा सक्रिय लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता रमन कुमार पाण्डेय पहिलो पटक चुनावी मैदानमा उत्रिन लागेका हुन् ।

बाँके, ३ असोज । संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ ।

वीरगन्ज, ३ असोज । संविधान दिवसको अवसरमा वीरगन्ज कारागारबाट महिला र पुरुष गरी ३८ जनाको बाँकी कैद मिनाहा गरी माफी पाएका छन् ।

जनकपुरधाम, ३ असोज । लोकतान्त्रिक मधेशी फ्रन्टले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।

काठमाडौं, ३ असोज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

बाँके, ३ असोज । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताएका छन् ।

काठमाडौं, २ असोज । जनता समाजवादी पार्टी नेपालकी नेतृ अमृता अग्रहरी नेकपा (एमाले) प्रवेश गरेकी छन् ।

काठमाडौं, २ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको बन्द सूची भोलि सोमबार आयोगलाई बुझाउने भएको छ ।

काठमाडौं, २ असोज । जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगलाई बुझाउने तयारी गरेको छ ।

काठमाडौं, २ असोज । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संविधान दिवसलाई ‘विरोध दिवस’ को रुपमा मनाउने निर्णय गरेको छ ।

काठमाडौं, २ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले हिन्दूहरुको धार्मिक आस्थाप्रति अभद्र टिप्पणी गरेको आरोप लागेको छ ।

काठमाडौं, २ असोज । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले अध्ययन प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ ।

काठमाडौं, १ भाद्र । हिन्दू परिषद नेपालको उपत्यका कमिटी पुनर्गठन गरिएको छ ।

काठमाडौं, १ असोज । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त र भारतको राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माबीच भर्चुअल माध्यमबाट दुवै देशको महिलाको अधिकारको संरक्षण, सम्बर्धन तथा सशाक्तिकरण बारे छलफल सम्पन्न भएको छ ।

ट्रेन्डिङ