जनकपुरधाम, २२ भदौ । जग्गासम्बन्धी विवादका कारण राष्ट्रिय गौरवका आयोजनामध्येको निर्माणाधीन पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषाको कमला–जनकपुर खण्डको काम प्रभावित भएको छ ।
काठमाडौं, २२ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो विभिन्न चारवटा जिल्लाका चार निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि सिफारिस भएका छन् ।
काठमाडौं, २२ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि सिरफारिस भएका छन् ।
काठमाडौं, २२ भाद्र । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बारा, २२ भाद्र । सामाजिक परिवर्तन केन्द्र, काठमाडौंको सहजीकरणमा संचालित सदभाव परियोजनाअन्तर्गत फेटा गाउँपालिकामा रहेको अंचित मा.वि.का ५० जना विद्यार्थीहरुलाई कला मार्फत संवाद सहजीकरण बारे कार्यशाला सम्पन्न भएको छ ।
सप्तरी, २१ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको तर्फबाट प्रदेशसभा सदस्य उम्मेद्वारका लागि सप्तरी निर्वाचन क्षेत्र नं. २ (क) बाट नेपाल मधेशी निजामती कर्मचारी मञ्चका संस्थापक अध्यक्ष विनोद कुमार सिंह सिफारिस भएका छन् ।
जनकपुरधाम, २१ भदौँ । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं, २१ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थानभन्दा केही उत्तरतर्फ र पश्चिम तिर सरदर स्थानको आसपास अवस्थित छ ।
इमरान खान, कपिलवस्तु, २१ भाद्र । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन् ।
जलेश्वर, २१ भाद्र । महोत्तरी निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि नेपाली कांग्रेसले बजरंग नेपालीसहित तीन जनाको नाम सिफारिस गरेको छ ।
काठमाडौंं, २० भाद्र । पर्सा मिलन केन्द्र काठमाडौंको १८औं साधारण सभा सम्पन्न भएको छ । सम्पन्न सो साधारण सभाले ईन्जिनियर उमेशकुमार गुप्ताको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको छ ।
काठमाडौं, २० भदौ । भारतले करिब २२ करोड रुपैयाँ बराबरको विभिन्न सैन्य सामाग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ, २० भदौँ । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डेले नेपाली सेनाको एक टुकडीद्वारा प्रस्तुत सम्मान गारत निरीक्षण गरेका छन् ।
धनुषा, २० भदौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले छापा मारेर केही कागजात नियन्त्रणमा लिएको छ ।
इमरान खान, कपिलवस्तु, २० भाद्र । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ ले प्रतिनिधि सभातर्फ अभिषेकप्रताप शाहको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ ।
काठमाडौँ, १९ भदौ । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक दोस्रो पटक पनि सङ्घीय संसद्बाट हुबहु पारित भएपछि अब के हुन्छ भन्ने चासो बढेको छ ।
काठमाडौँ, १९ भदौँ । प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज यहाँ आइपुगेका छन् ।
काठमाडौं, १९ भाद्र । मुस्लिम आयोगका अध्यक्ष समीम मियाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर ठगी मुद्दाका आरोपीलाई भगाएको आरोप लागेपछि आइतबार आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन भएको छ ।