सप्तरी, १५ भाद्र । मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री र सप्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादवले कंचनरुप नगरपालिका–२ महादेवपटीको मदरसा दारुल कुरानको संचालन गर्न एक÷एक महिनाको पारिश्रमिक दान गरेका छन् ।
काठमाडौं, १४ भाद्र । आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले उम्मेद्वारहरुको नाम पठाउन प्रदेश र जिल्ला समितिहरुलाई परिपत्र गरेको छ ।
काठमाडौं, १४ भाद्र । हिन्दू परिषद नेपालकी केन्द्रीय उपाध्यक्ष पिंकी महासेठले हिन्दू नारीहरुको प्रमुख पर्व तीजको अवसरमा शुभकामना दिएका छन् ।
जनकपुरधाम, १४ भाद्र । मधेश विद्रोहका मुद्दाहरुलाई सही दिशामा अग्रसर गर्दै संस्थागत गर्ने उद्देश्यका साथ ‘लोकतान्त्रिक मधेशी फ्रन्ट’ घोषणा भएको छ ।
जनकपुरधाम, १४ भदौँ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरूको महान् चाड चौठचन्द्र तथा हरितालिका तीजको अवसरमा शुभकामना दिएका छन् ।
जनकपुरधाम, १४ भदौँ । मिथिला क्षेत्रमा अत्यन्तै श्रद्धा र विधिपूर्वक चौरचन (चौरचण्ठ) पर्व आज मनाइँदैछ ।
काठमाडौँ, १३ भदौँ । गृहमन्त्री बालकृष्ण खाणले संविधानमा उल्लेख भएअनुरुप सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउन भन्ने सरकारको एउटै मात्र शदासयता रहेको बताएका छन् ।
रौतहट, १३ भदौ । रौतहटको गौर नगरपालिका–२ बकैया खोला किनारबाट करिब १७० किलोग्राम अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ ।
काठमाडौँ, १३ भदौँ । प्रतिनिधिसभाका सांसदहरूले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि मत हाल्न पाउने अधिकारको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् ।
जनकपुरधाम, १२ भदौँ । राष्ट्रियसभाले नागरिकता विधेयक तत्काल पास नगरी विधायन व्यवस्थापन समितिमा पठाएको भन्दै तमलोपाले विरोध प्रदर्शन गरेको छ ।
काठमाडौं, १२ भदौँ । एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा ४५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
झापा, १२ भदौँ । झापाको गौराहद नगरपालिकामा आज बिहान विद्युत् सर्ट भई फर्निचर उद्योगमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।
पर्सा, १० भदौँ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८/७९ मा सङ्कुचन देखिएको छ ।
जनकपुरधाम, १० भदौँ । जनकपुर आसपासका बासिन्दा कुर्था–जयनगर रेल सञ्चालन हुँदा उत्साहित भए पनि रेल सेवाको क्षमता कम हुँदा स्थानीयवासीको माग पूरा गर्न सकेको छैन ।
काठमाडौँ, १० भदौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक राष्ट्रियसभाबाट पारित हुने बताएका छन् ।