काठमाडौँ, ५ भदौँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काठमाडौँ, ५ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

काठमाडौं, ५ भाद्र । जनता समाजवादी पार्टी नेपालको प्रवक्तामा केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं मधेश प्रदेशका प्रदेशसभा सदस्य मनिष सुमन तोकिएका छन् ।

काठमाडौं, ४ भाद्र । मधेशसँग लभ गर्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डको लभ हो कि लोभ शंका प्रश्न उठ्न थालेको छ । माओवादीका अध्यक्ष प्रचण्डले भन्दै आएको मधेशसँग लभ परेको भन्ने कुरामा कुनै मेल खाएको छैन ।

काठमाडौं, ४ भाद्र । राष्ट्रिय एकता अभियानको युवा विभागले जिहादी प्रवद्र्धक मुस्लिम आयोग र राष्ट्रघाती बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेका छन् ।

कपिलवस्तु, ४ भाद्र । निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्ष पदको उम्मेद्वारमा चन्द्रशेखर श्रेष्ठले उम्मेद्वारी घोषणा गरेका छन् ।

बाँके, ४ भाद्र । नेपालगंज उपमहानगरपालिका–१७ ढोडेगाउँ बस्ने ४० वर्षीय पर्शुराम कलवार र उनकै छोरा २५ वर्षीय बब्लु कलवारको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

काठमाडौं, ४ भद्र । बर्दिया, बढैयाताल गाउँपालिका–४ स्थित मानखोलामा डुबेर सोही गाउँपालिका–४ पुष्प नगर बस्ने रमेश भुजेलको छोरा १३ वर्षीय गौरब भुजेल र देउमा तिरुवाको छोरा १३ वर्षीय आयुष तिरुवाको मृत्यु भएको छ ।

रौतहट, ४ भाद्र । गौर नगरपालिका–४ गढवा बस्ने मनोज यादवको छोरा ४ वर्षीय अमन कुमार यादवको करेन्ट लागेर मृत्यु भएको छ ।

रूपन्देही, ४ भाद्र । तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

काठमाडौँ, ३ भर्दौँ । देशभर पछिल्लो २४ घण्टामा थप ६ सय २३ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँ, ३ भर्दौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग छलफल गर्ने भएका छन् ।

बारा, ३ भर्दौँ । विहारको मोतिहारीदेखि अमलेखगञ्जसम्म पाइपलाइनबाट पेट्रोल आयात गर्ने दोस्रो चरणको परियोजनाअन्तर्गत पूर्वाधार निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

सप्तरी, ३ भदौँ । सप्तरीमा छुट्टाछुट्टै घटनामा परी आज दुई जनाको मृत्यु भएको छ ।

इनरुवा, ३ भदौ । नेपालको सबैभन्दा ठूलो नदीका रूपमा रहेको सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको १४ वर्ष पूरा भएको छ ।

धनुषा, ३ भदौँ । धनुषाको छुट्टाछुटै स्थानमा भएको दुर्घटनामा दुई जना बालकको मृत्यु भएको छ ।

काठमाडौँ, ३ भदौ । गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीमा जानेहरुमध्ये अहिलेसम्मकै सबैभन्दा बढीको मृत्यु भएको छ ।

जनकपुरधाम, ३ भदौ । भारतीय बजार जयनगरबाट लागुऔषध लिएर आउँदै गर्दा बिहीबार साँझ प्रहरीले धनुषाको नगराइन नगरपालिका–३ का २० वर्षीय पङ्कज साहलाई जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जिरोमाइलबाट पक्राउ गर्‍यो ।

नेपालगन्ज, ३ भाद्र । बाँकेको नरैनापुर सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवा सुरु हुने भए पछि किसान उत्साहित भएका छन् ।

जनकपुरधाम, ३ भाद्र । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ दोस्रो पटक जनकपुरधाम आउन लागेको छ । भाद्र ११ गते भारतीय पर्यटक रेल आउन लागेको हो ।

काठमाडौं, ३ भाद्र । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल होमिएको छ ।

चितवन, ३ भाद्र । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

तनहुँ, ३ भाद्र । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

काठमाडौं, २ भाद्र ।राष्ट्रपतिबाट पुनर्विचारका लागि सन्देश सहित फिर्ता भएको नागरिकता संशोधन विधेयक, २०७९ पुनः प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

काठमाडौं, २ भाद्र । जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले नागरिकता विधेयक फिर्ता गर्दा राष्ट्रपतिले पठाएको सन्देश निबन्धात्मक भएको टिप्पणी गरेका छन् ।

ट्रेन्डिङ