काठमाडौँ, ३१ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेभएको छ ।
बाँके, ३० साउन । बाँकेको नरैनापुर गाउँपालिकामा रहेका मदरसा र विद्यालयमा दिवा खाजाको कार्यक्रम सञ्चालनमा ल्याइएपछि विद्यालयमा उपस्थित हुने विद्यार्थी संख्यामा अप्रत्याशित वृद्धि भएको छ ।
काठमाडौं, ३० साउन । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित नागरिकता संशोधन विधेयक राष्ट्रपतिले फिर्ता पठाएकोमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
जनकपुरधाम, ३० साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिले फिर्ता पठाउँदै विधेयक निष्कृय नहुने दावी गरेका छन् ।
काठमाडौं, ३० साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय अध्यक्षमा रोशन कुमार मिश्रलाई मनोनित गरिएको छ ।
काठमाडौँ, ३० साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केबरमा चक्काजाम गरिएको छ ।
काठमाडौँ, ३० साउन । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ ।
विराटनगर, ३० साउन । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा, प्रदेश नं. १ को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको “प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७९” लाई प्रमाणीकरण गरेका छन् ।
काठमाडौं, ३० साउन । भारतीय राजदूतावास काठमाडौंले भारतको ७६औं स्वतन्त्रता दिवस मनाएको छ । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक उपलब्धिलाई सम्झना गर्न
काडमाडौं, ३० साउन । राष्ट्रपतिले संघीय संसदको दुबै सदनबाट पारित नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रमाणीकरण नगरी फिर्ता पठाएकोप्रति तराई–मधेश लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।
काठमाडौं, २९ साउन । संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भइसकेको नागरिकता संशोधन विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मै फिर्ता पठाएकी छन् ।
पर्सा, २९ साउन । बाराको बिश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ, २९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत (छैटौँ तह) दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौं, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ ।
काठमाडौं, २९ साउन । थारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी फाइनल भएका छन् ।
मोरङ, २९ साउन । कृषि सामग्री कम्पनी प्रदेश कार्यालय विराटनगरले आजदेखि मल बिक्री वितरण सुरु गरेको छ ।
जनकपुरधाम, २९ साउन । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस सङ्गठन नेपालको मधेश प्रदेश समिति गठन भएको छ ।
विराटनगर, २९ साउन । डा.सीके राउतको जनमत पार्टी र प्रितम मुखिया नेतृत्वको पिछडा वर्ग निसाद दलित जनजाति पार्टीले एउटै चुनाव चिन्हबाट आमचुनावमा सहभागी हुने भएको छ ।
काठमाडौं, २९ साउन । सरकारले ल्याएको नागरिकता विधेयक पारित गरेपछि राष्ट्रपतिको प्रमाणीकरणका लागि पठाएयता सो विधेयकमा भइरहेको ढिलाइ प्रति आम जनमानसमा आंशका बढाइ दिएको छ ।
बारा, २८ साउन । महागढीमाई नगरपालिका–८ बस्ने ३५ वर्षीय सुरेन्द्र प्रसाद यादवको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।
कैलाली, २८ साउन । गोदावरी नगरपालिका–२ शिवनगर टोलस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् ।
नेपालगन्ज, २८ साउन । बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ ।