जनकपुरधाम, २१ साउन । नेपाल–भारत खुला सीमा सम्वाद समूहले बदलिदो परिवेशमा नेपाल भारतको सम्बन्धका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कैलाली, २० साउन । गोदावरी नगरपालिका–२ तेघरी खानेपानी ट्याङ्की नजिकबाट संरक्षित बन्यजन्तु बाघको १ थान छाला र करिब २ किलोग्राम हड्डीहरू सहित चार जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही, २० साउन । गैडहवा गाउँपालिका–३ मंगलपुरस्थित जगदिश यादवको घरमा रहेको एनआईसी एसिया बैंकको शाखा कार्यालयमा भएको छ ।

मोरङ, २० साउन । मोरङको विराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । 

काठमाडौं, १९ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी नेतृ रम्भा मिश्रा नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् ।

सप्तरी, १८ साउन । जिल्लाको कंचनरूप नगरपालिकामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

बाँके, १८ साउन । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ ।

काठमाडौँ, १८ साउन । वीरगञ्ज भन्सार नाकाबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ ।

काठमाडौँ, १८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

सर्लाही, १८ साउन । सर्लाहीमा पर्ने हुलाकी सडक खण्डको निर्माण सुस्त भएको छ । निर्माण सुरु भएको वर्षौं भइसक्दा पनि काम सम्पन्न नहुँदा बनेका सडक पनि अहिले जीर्ण भइसकेका छन् ।

कपिलवस्तु, १८ साउन । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा आज बिहान दुई जनाको ज्यान गएको छ ।

उदयपुर, १८ साउन । उदयपुरको बेलका नगरपालिका–८ लाहुरेखोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेपछि सुनसरी बराहक्षेत्र नगरपालिकाका पाँच सय घरपरिवारका मानिस फसेका छन् ।

काठमाडौं, १७ साउन । नुवाकोट जिल्लाको विदुर नगरपालिकामा भारत सरकारको अनुदान सहयोगमा नवनिर्मित विद्यालय भवन उद्घाटन भएको छ ।

रुपन्देही, १७ साउन । लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ ।

बारा, १७ साउन । मधेश प्रदेशको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान दिने २३ उद्योगलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ ।

कपिलवस्तु, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले बुद्धकालीन कपिलवस्तुको राजधानी तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने बताएका छन् ।

पर्सा, १६ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीको सजिलोका लागि राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फाराम पालिकास्तरबाट भर्न सक्ने गरी व्यवस्थापन गरेको छ ।

जनकपुरधाम, १६ साउन । मधेश प्रदेश सरकारले जनकपुरधाममा सञ्चालित उद्योग, वाणिज्य तथा हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ ।

काठमाडौँ, १६ साउन । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।

काठमाडौं, १६ साउन । सनातन हिन्दू राष्ट्रको मागसहित हिन्दू परिषद् नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई २१बुँदै ज्ञापनपत्र बुझाएको छ ।

कैलाली, १६ साउन । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका–३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

जनकपुरधाम, १६ साउन । युनिसेफले हालै प्रकाशित गरेको प्रतिबेदान अनुसार विश्वको जनसंख्याको २४० मिलियन भन्दा बढी बालबालिकामा कुनै न कुनै प्रकारको अपांगता रहेको देखाएको छ र जसको ८० प्रतिशतभन्दा बढी विकासोन्मुख देशमा रहेका छन् ।

महोत्तरी, १६ साउन । महोत्तरीको बर्दिबास–सम्सी सडकखण्डमा गत साउन ४ गते दुई मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते दुवै चालकको मृत्यु भएको छ ।

पर्सा, १६ साउन । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ ।

रुपन्देही, १६ साउन । जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

ट्रेन्डिङ