काठमाडौं, २८ साउन । नेपाल चित्रगुप्त महिला समितिले महिला स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं, २८ साउन । चीनको तीन दिने औपचारिक उच्चस्तरीय भ्रमण गरेर परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वको स्वदेश फिर्ता भएको छ ।

जनकपुरधाम, २८ साउन । संघीयता कार्यान्वयनको मोडल अध्ययनका लागि स्वीटजरल्याण्ड भ्रमणमा जाने तयारीमा रोक लागेको छ ।

सर्लाही, २७ साउन । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीमा आर्थिक वर्ष २०७८/७९ मा दुई हजार एक सय ८७ नयाँ उद्योग दर्ता भएका छन् ।

जनकपुरधाम, २७ साउन । मधेश प्रदेशसभाको चालू नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ ।

पर्सा, २६ साउन । विभिन्न जिल्लामा मल पठाउन थालियोकृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल  (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ ।

जनकपुरधाम, २६ साउन । मधेश प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगमा आर्थिक वर्ष २०७८/७९ मा अनियमिततासम्बन्धी १८ वटा उजुरी दर्ता भएको छ ।

काठमाडौँ, २६ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रूपमा रहेको कल्याणपुर–गाईघाट निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजना निर्माणकार्यका लागि सप्तरी र उदयपुर जिल्लाको वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेका छन् । 

काठमाडौँ, २६ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले नागरिकता विधेयक दुवै सदनबाट पास भइसकेको र प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेकाले सो विधेयकलाई प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् । 

काठमाडौँ, २६ साउन । देशभर पछिल्लो २४ घण्टामा आठ सय १५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौं, २६ साउन । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ ।

काठमाडौं, २५ साउन । सामुदायिक वन दिवस, २०७९ को अवसरमा वन तथा वातावरणमन्त्री प्रदीप यादवले “सामुदायिक वन स्तम्भ” अनावरण गरेका छन् ।

लाक्पा जी शेर्पा, काठमाडौं, २५ साउन । आदिवासी जनजातिहरुका लागि छुट्टै मन्त्रालय गठन गर्न सरकारसँग माग गरेको छ ।

जनकपुरधाम, २५ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बलवीर ठाकुरको निधन भएको छ ।

इमरान खान, कपिलवस्तु, २५ साउन । दुई वर्षको कोरोनाकालपछि कपिलवस्तुमा धुमधामसँग मुहर्रम पर्व मनाइएको छ ।

जनकपुरधाम, २४ साउन । नेपाल नागरिकता ऐन संशोधन गर्न पारित भएको विधेयकको शीघ्र प्रमाणीकरण गर्न तराई–मधेश लोकतान्त्रिक पार्टीले राष्ट्रपतिसँग माग गरेको छ ।

काठमाडौं, २४ साउन । छिमेकी मित्रराष्ट्र चीन भ्रमणमा जान लागेका परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई राष्ट्रिय एकता अभियानले पाँच सुझावसहित आग्रह गरेको छ ।

बाँके, २४ साउन । मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ८५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ ।

जनकपुरधाम, २४ साउन । मधेश प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा दुई दशमलव ६९ प्रतिशत विद्युत् चुहावट घटेको छ ।

बाँके, २४ साउन । बाँकेका दुई पालिकाले मुस्लिम समुदायले मनाउने सद्भावको पर्व मोहर्रमको अवसरमा आज सार्वजनिक बिदा दिएका छन् ।

पर्सा, २४ साउन । पर्साको पोखरिया नगरपालिकाले आफ्नो मातहतमा रहेको पोखरिया अस्पतालको सेवा सुविधा तथा भौतिक पूर्वाधार सुधार गर्न विभिन्न काम अघि बढाएको छ ।

काठमाडौँ, २४ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

महोत्तरी, २४ साउन । महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

कैलाली, २४ साउन । धनगढी उपमहानगरपालिका–६ जाली बस्ने जगतराम चौधरीको आफ्नै घरको बरण्डामा पार्किङ गरी राखेको मोटरसाइकलमा आगजनी भएको छ ।

पर्सा, २४ साउन । बाल्टिनमा डुबेर एक ८ महिने बालिकाको मृत्यु भएको छ ।

ट्रेन्डिङ