बाँके २० असोज । मंगलबारदेखि भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् ।
रूपन्देही, २० असोज । रोहीणी गाउँपालिका–३ धकधईस्थित सडकमा लु.१ ज २८५३ नम्बरको कारले लु.४१ प ९८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।
काठमाडौं, २० असोज । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले वडा दसैं २०७९ को अवसरमा बिहीबार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिएका छन् ।
काठमाडौं, १९ असोज । डा.मनोज मुक्ति विवेक नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ ।
बाँके, १७ असोज । बाँकेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले दसैँ, मोहम्मद डे, तिहार, नेपाल सम्वत् र छठ लगायतका चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं, १५ असोज । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।
नेपालगन्ज, १५ असोज । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र बाँके कै क्षेत्र नं. २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार राजकुमार रौनियारले निर्वाचनमा बहुमत प्राप्त गरेर विजयी भए लगत्तै गौ संरक्षण एवमं छाडा चौपाया व्यवस्थापन गर्ने बताएका छन् ।
वीरगञ्ज, १४ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हतियार कार्तिक ५ गतेभित्र बुझाउन जिल्लावासीलाई आग्रह गरेको छ ।
जनकपुरधाम, १४ असोज । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले कार्तिक ५ गतेभित्र नजिकको प्रहरी इकाईमा लगत राख्ने गरी
बर्दिया, १४ असोज । आफ्नै छोरा २० वर्षीय बिबेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ बिजयनगर बस्ने ४५ वर्षीय लौरंगलाल थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १४ असोज । विश्व स्वास्थ्य संगठन नेपाल शाखा र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त सहयोगमा नेपाल प्रहरीलाई ४० थान ब्रेथलाइजर र ब्रेथलाइजरमा प्रयोग हुने आवश्यक उपकरण २४ हजार थान सामग्री हस्तान्तरण गरिएको छ ।
काठमाडौं, १४ असोज । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको निर्माणाधीन भवनको अवलोकन गरेका छन् ।
काठमाडौं, १४ असोज । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।
काठमाडौं, १३ असोज । सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) वीच भएको छैठौं समन्वयात्मक बैठक बिहीबार सम्पन्न भएको छ ।
पर्सा, १३ असोज । वीरगंज महानगरपालिका–१६ बसपार्कभित्र पार्किङ गरी राखेको ना.५ ख ४८९७ नम्बरको बसमा बिहीबार बिहान आगलागी हुँदा बस पूर्णरुपमा जलेर करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहट, १३ असोज । फतुवाविजयपुर नगरपालिका–५ डुमरिया बस्ने ५० वर्षीया जशोधिया देवीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ ।
कैलाली, १३ असोज । गौरीगंगा नगरपालिका–४ राजिपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर बुधबार साँझ मृत्यु भएको छ ।
बारा, १३ असोज । सिम्रौनगढ नगरपालिका–१ ढाँटटोला नजिकै मसानघाटस्थित भित्री सडकबाट करिब ६० केजी अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ ।
धनुषा, १३ असोज । आफ्नै भतिज ४ वर्षीय अनुष पासवानको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १२ असोज । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालीहरुको महान चाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली, छठपर्व र नेपाल संवतको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
सुनसरी, १२ असोज । देवानगंज गाउँपालिका–१ बस्ने ४५ वर्षीया रिता देवी यादव र देवानगंज गाउँपालिका–६ बस्ने ६० वर्षीय उदित चन्द्र यादवको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर बुधबार बिहान मृत्यु भएको छ ।
रौतहट, १२ असोज । ईशनाथ नगरपालिका–८ मनसरी टोलबाट करिब २५ किलो अबैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १२ असोज । पूर्वमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालकी केन्द्रीय कार्यकारिणी समिति सदस्य चन्दा चौधरी नेपाली कांग्रेस प्रवेश गरेकी छन् ।