जनकपुरधाम, २० भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजनीतिक दल नभई केपी शर्मा ओलीको मतियार भएको आरोप लगाएका छन् ।

जनकपुरधाम, १९ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले उपेन्द्र यादवले मधेशभन्दा पनि जातिवादी विषपूर्ण राजनीतिलाई प्रश्रय दिएको आरोप लगाएका छन् ।

जनकपुरधाम, १७ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भदौ २२ गतेपछि सरकारले पूर्णता पाउने बताएका छन् ।

काठमाडौं, १८ भाद्र । मधेशको अधिकारको लागि लड्ने प्रतिवद्धता गरी मधेशी जनताको मत लिएर संसदसम्मको यात्रा गर्ने मधेशी दलहरु आफू आफूबीच नै लड्दा मधेशको माग र अधिकार संकुचित भएको छ ।

भैरहवा, १४ भाद्र । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्य पुनः संरचना सच्याउन आवश्यक भएको बताएका छन् ।

वीरगन्ज, १२ भाद्र । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले खड्गप्रसाद ओलीले ‘कु’ गर्न खोजेको भन्दै महन्थ ठाकुर र राजेन्द्र महतो प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् ।

काठमाडौं, ११ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले केपी ओली र महन्थ–महतो समूह प्रतिगमनको उत्तराधिकारी भएको टिप्पणी गरेका छन् । 

काठमाडौं, ११ भाद्र । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले उत्पीडित, उपेक्षित तथा सीमान्तकृत जनसमुदायको उत्थान र विभेदबाट उन्मुक्ति नै आफ्नो पार्टीको अभियान रहेको बताएका छन् ।

काठमाडौं, ११ भाद्र । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा सभापतिको पदमा उम्मेद्वारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले काठमाडौं थापागाउँस्थित सम्पर्क कार्यालय स्थापना गरेका छन् ।

नेपालगन्ज, ९ भाद्र । स्वतन्त्र राजनीतिक समूहका संयोजक तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले पनि नयाँ पार्टी खोल्ने भएका छन् ।

काठमाडौं, ९ भाद्र । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाडै नै सरकारमा सहभागी हुने बताएका छन् ।

काठमाडौं, ९ भाद्र । महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

काठमाडौं, ८ भाद्र । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई जिल्लाका पाँच निर्वाचन क्षेत्रका नयाँ क्रियाशील सदस्यले भाग लिन नपाउने भएका छन् ।

काठमाडौं, ७ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रादेशिक कार्यकता भेला सञ्चालन गर्ने भएको छ । भदौ १ र २ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकको निर्णय बमोजिम प्रादेशिक भेला हुने भएको हो ।

काठमाडौं, ४ भाद्र । महन्थ ठाकुर समूहको नयाँ पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) हुने भएको छ ।

काठमाडौं, ३ भाद्र । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने निर्णय गरेको छ ।

काठमाडौं, २ भाद्र । अन्ततः जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) विधिवत्रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

काठमाडौं, २ भाद्र । महन्थ ठाकुर समूहका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले आफूहरुले नेपालको सबै भूभागका नेपाली अटाउने पार्टी निर्माण गर्न लागेको बताएका छन् ।

काठमाडौं, २ भाद्र । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै महन्थ ठाकुरले निर्वाचन आयोगमा नयाँ दल दर्ताको तयारी गरिरहेका छन् । स्रोतका अनुसार ठाकुर एकल अध्यक्ष रहनेगरी दलको तयारीमा जुटेका हुन् ।

काठमाडौं, १ भाद्र । प्रदेश नं. २ का पूर्वराज्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका लोकप्रिय युवा नेता सुरेश मण्डलले आफूले गुट परिवर्तन नगरेको स्पष्ट पारेका छन् ।

काठमाडौं, १ भाद्र । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरुले भेटवार्ता गरेका छन् ।

काठमाण्डौ, १ भाद्र । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्य समितिको प्रथम बैठक सुरु भएको छ ।

काठमाडौं, ३२ साउन । उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टीका अध्यक्ष महन्थ ठाकुर नै रहेको दाबी गरेका छन् । उनले कसैले आधिकारिकता पाउँदैमा आफूहरुले गठन गरेको जसपा अरुको हुन नसक्ने जिकिर गरेका हुन् ।

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी नेपालमा अब उपेन्द्र यादव मात्र एकल अध्यक्षको रुपमा रहेको निर्वाचन आयोगमा अध्यावधिक गरेको छ । एक वर्षअघि गठन भएको जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई जना अध्यक्ष थिए ।



ट्रेन्डिङ