भैरहवा, १४ फागुन । नेकपा एकिकृत समाजवादी पार्टी जनताको पक्षमा रहेको संविधान सभा सदस्य तथा पार्टीका सल्लाहकार आदित्यनारायण कसौधनले बताएका छन् ।

जनकपुरधाम, १३ फागुन । नेपाली काँग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय भएको छ । जनकपुरधामस्थित काँग्रेस धनुषाको बसेको बैठकले जिल्ला अधिवेशन फागुन २३ मा गर्ने निर्णय गरेको हो ।

काठमाडौं, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा)मा चुलिएको विवाद उत्कर्षमा पुगेको छ । फुटको संघारमा पुग्न लागेको पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढदै गएको छ ।

राजविराज, १२ फागुन । नेपाली कांग्रेसको सप्तरी जिल्ला सभापतिमा संस्थापन पक्षबाट सत्रुधन यादवले उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौं, ६ फागुन । समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र इतर पक्षले बहुमत जुटाएको दाबी गरेका छन् ।

जनकपुरधाम, ५ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले माओवादी अध्यक्ष प्रचण्डको नक्कली खेलका कारण एमसीसीको विवाद सृजना भएको बताएका छन् ।

जनकपुरधाम, २९ माघ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसिसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन् ।

महोत्तरी, माघ २८ । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेश २ को मधेस प्रदेश नाम माओवादी केन्द्रका कारणले भएको दाबी गरेका छन ।

वीरगन्ज । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का नेता राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेका छन् । वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर नेता सिंहले लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

काठमाडौं, २७ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले देशभरका सबै वडा र पालिकामा तदर्थ समिति गठन गर्न सर्कुलर जारी गरेको छ ।

जनकपुरधाम, ११ माघ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले प्रदेशको नामकरण मधेश भएपछि खुसी व्यक्त गरेका छन् । 

काठमाडौं, १० माघ । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले माघ १२ गतेको राष्ट्रिय सभाको निर्वाचनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सहकार्य गर्ने भएको छ ।

काठमाडौं, २० पुस । आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठकबाट अध्यक्षमा चयन भएपछि प्रचण्डले प्राप्त अवसरलाई देश र जनताको सेवामा समर्पित गर्ने बताएका छन् । 

काठमाडौं, २० पुस । निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् ।

काठमाडौं, १२ पुस । निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ता गर्ने भएका छन् । उनले पुष १९ गते नागरिक समाजवादी पार्टी नामक नयाँ दल दर्ता गर्न लागेका हुन् ।

काठमाडौं, ११ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले आफूहरुले माओवादीलाई कहिल्यै आतंककारी पार्टीको रूपमा व्याख्या नगरेको बताएका छन् ।

जनकपुरधाम, २९ मंसिर । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले अगामी निर्वाचनलाई लक्षित गर्दै तीनै तहका उम्मेदवारहरुका लागि आर्थिक मापदण्ड तयार पारेको छ ।

कैलाली, २९ मंसिर । सुदूरपश्चिमको धनगढीमा जनता समाजवादी पार्टी नेपालको कार्यालय स्थापना भएको छ । 

काठमाडौं, १९ मंसिर । सत्ता साझेदार दल जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तत्काल संविधान संशोधन गरेर अघि बढ्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

जनकपुरधाम, १७ मंसिर । नेपाली कांग्रेस प्रदेश २ का सभापतिमा कृष्ण यादवले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

जनकपुरधाम, १५ मंसिर । जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिमा नयाँ नेतृत्वसहितको पदाधिकारी चयन भएको छ । मधेश प्रदेश समितिको अध्यक्षमा प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादवलाई चयन गरिएको हो ।

कपिलवस्तु, १४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशन कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेश महामन्त्रीको पदमा सुरेन्द्रराज आचार्यले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

काठमाडौं, १४ मंसिर । नेकपा (एमाले)को १०औं महाधिवेशनबाट सचिव पदमा निर्वाचित रघुवीर महासेठले आफूले गरेको प्रतिबद्धताअनुसार पार्टीलाई अगाडि बढाउन पर्यत्न गर्ने बताएका छन् ।

काठमाडौं, १४ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ कार्यकालका लागि १९ जना पदाधिकारी चुनिएका छन् ।



ट्रेन्डिङ