वीरगन्ज, २३ भाद्र । जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिने अवस्था बन्दै गएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले गठबन्धनमा उपेक्षा गरिए बाहिरिन सक्ने बताएका छन् ।

सप्तरी, २१ भदौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत रूपले सिफारिस भएको छ ।

बारा, २१ भदौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई बाराको सङ्घीय निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार बन्न पार्टीले सिफारिस गरेको छ ।

बारा, २१ भदाै । नेपाली कांग्रेस बारामा व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण विवाद बढ्दै गइरहेको छ । चरम गुटबन्दीले पार्टीको भविष्य संकटमा परेको कांग्रेस नेताहरू बताउँछन् ।

काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सर्लाही ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एकल नाम सिफारिस भएको छ ।

काठमाडौँ, १९ भदौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अबका दिनमा प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने घोषणा गरेका छन् ।

सुर्खेत, १७ भदौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन दलको सिट बाँडफाँटको अन्तिम टुङ्गोमा पुग्न लागेको बताएका छन् ।

काठमाडौं, १३ भदौ । नागरिकता विधेयकलाई लिएर सरकार र राष्ट्रपतिबीच द्वन्द्व सुरु भएको छ ।

महोत्तरी, १२ भदौँ । तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले गठबन्धन दलहरूले आ-आफ्नो सिद्धान्तलाई तिलाञ्जलि दिएको टिप्पणी गरेका छन् ।

काठमाडौँ, ७ भदौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन् ।

काठमाडौं, ६ भदौ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा खोलिएको छ ।

काठमाडौँ, ३ भदौँ । महाधिवेशन सम्पन्न भएको छ महिना बितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय पदाधिकारी चयन गर्न सकेको छैन ।

काठमाडौं, १ भाद्र । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राईसहित सयौं नेता कार्यकर्ताहरु नेकपा (एमाले) प्रवेश गरेका छन् ।

काठमाडौं, ३० साउन । पूर्वराज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता रामसिंह यादव नेकपा एमाले प्रवेश गरेका छन् ।

काठमाडौं, २९ साउन । राजनीतिमा सक्षम युवा पुस्ताको नेतृत्वको अपरिहार्यता दर्शाउँदै संचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी जन्माएका सभापति रवी लामिछानेले करिब महिनादिनमै सातै प्रदेशमा समिति गठन गरेका छन् ।

जनकपुरधाम, २९ साउन । प्रहरी समायोजन नगरेको भन्दै मधेश प्रदेश सरकार संघीय सरकारविरुद्ध धर्नामा बसेको छ ।

काठमाडौं, २९ साउन । आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन परियोजनका लागि तराई–मधेश लोकतान्त्रिक पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

काठमाडौं, २२ साउन । लोसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने भएका छन् । आइतबार अपराह्न ४ बजे ठाकुरले प्रधानमन्त्री देउवालाई भेट गर्न लागेका हुन् ।

काठमाडौं, २२ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन परियोजनका लागि जनमत पार्टीले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

काठमाडौं, २२ साउन । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक ध्रुवीकरणको प्रयास तीव्ररुपमा अगाडि बढिरहेको छ ।

काठमाडौं, २२ साउन । नेपाल समाजवादी पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन् ।

काठमाडौं, १८ साउन । नेपाल मजदुर किसान पार्टीले अमेरिकाको युद्ध उत्तेजनात्मक गतिविधि रहेको आरोप लगाएको छ ।

मोरङ, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अविलम्ब संसदीय चुनावको मिति घोषणा गर्न माग गरेका छन् ।

सुर्खेत, ८ साउन । नेकपा एमालेले नागरिकता विधेयक विरुद्ध यही साउन १६ गते विरोध प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।

काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टी नेपालबाट कारबाहीमा परेका डा. बाबुराम भट्टराई नयाँ पार्टी गठन गर्ने तयारीमा छन् ।



ट्रेन्डिङ