काठमाडौँ, ४ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख सचेतक पदमा सांसद चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

काठमाडौँ, ३१ असार । प्रतिनिधिसभाको आजको बैठकले उपसभामुख पदमा सत्तारुढ दल नेपाली काङ्ग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई निर्वाचित गरेको छ ।

काठमाडौँ, ३० असार । जनता समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय सदस्य रेणु कुमारी यादवले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

काठमाडौँ, २८ असार । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई ‘मधेश आन्दोलनको ब्याज मात्रै खाइरहने’ नेताको रूपमा चित्रण गरेका छन ।

काठमाडौँ, २७ असार । जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ ।

काठमाडौँ, २४ असार । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले सरला यादवलाई प्रमुख सचेतकमा मनोनयन गर्ने निर्णय गरेको छ ।

जनकपुरधाम, २३ असार । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सङ्घीयता र संविधान कार्यान्वयनका लागि सात वटै प्रदेशलाई एकजुट हुन आग्रह गरेका छन् ।

काठमाडौँ, २१ असार । नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णयप्रति तराई मधेश लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।

काठमाडौँ, २१ असार । सरकारले प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।

काठमाडौँ, २१ असार । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेका छन् ।

काठमाडौं, १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दुई दिनसम्म चलेको केन्द्रीय कार्यकारिणी समिति बैठक आइतबार सम्पन्न भएको छ । सो बैठकले चारबुँदे निर्णय सार्वजनिक गरेको हो ।

काठमाडौं, १७ असार । जनता समाजवादी पार्टी (जसपा) विभाजनको निकै नजिक पुगेको छ । संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच विवाद चर्किएकै बेला दुई नेता आ–आफ्नो बाटो लाग्न राजी भएका छन् ।

रौतहट, १६ असार । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामअयोध्या यादव विजयी भएका छन् ।

काठमाडौं, १५ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले नागरिकता विधेयक अहिलेसम्म पारित नगर्नु भनेको सरकार मधेशप्रति अनुदार रहेको पुष्टी भएको बताएका छन् ।

काठमाडौँ, १४ असार । नेकपा (एमाले) का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारीको ७१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरेर मनाइँदैछ ।

जनकपुरधाम, १३ असार । लोसपाका मधेश प्रदेश अध्यक्ष जितेन्द्र सोनलले मधेश विरोधी दलहरूसँग मिलेर जसपाले मधेशी जनताको भावनामाथि कुठाराघात गरिरहेको आरोप लगाएका छन् ।

काठमाडौँ, १२ असार । प्रतिनिधिसभाका सांसदहरूले संसद्मा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक तत्काल अघि बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं, १२ असार । कौशल कुमार सिंह नेतृत्वको लोक दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा समाहित भएको छ ।

काठमाडौँ, १२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पदबाट राजीनामा दिएका छन् ।

काठमाडौं, १० असार । सत्ता साक्षेदार नेकपा (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फेर्ने गरेको निर्णयको असर जसपामा पनि परेको छ ।

काठमाडौं, ८ असार । पूवसञ्चारकर्मी रवि लामिछानेले निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निवेदन पेस गरेपछि त्यसविरुद्ध उजुरी पर्ने क्रम जारी छ ।

सिरहा, ६ असार । जिल्ला समन्वय समिति सिरहामा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) को प्यानल विजयी भएको छ ।

जनकपुरधाम, ६ असार । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिहरूको संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बताएका छन् । 

जनकपुरधाम, ६ असार । हालै भएको स्थानीय तहको चुनावमा जनकपुरधाममा मेयरमा स्वतन्त्र उम्मेदवारी दिने बलराम महतो जसपामा प्रवेश गरेका छन् ।

काठमाडौं, १ असार । जनता समाजवादी पार्टी (जसपा) को विधान सम्मेलन स्थगित भएको छ ।



ट्रेन्डिङ