जनकपुरधाम, ३१ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक तोकेको छ । गत साता सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले जिल्ला इन्चार्ज र निर्वाचन क्षेत्रका लागि केन्द्रीय पर्यवेक्षक तोकेको हो ।

बारा, ३० जेठ । बारा जिल्ला समन्वय समितिमा नेकपा एमाले र लोसपाको प्यानल नै निर्वाचित भएको छ ।

काठमाडौँ २१ जेठ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेका छन् । 

जनकपुरधाम, २१ जेठ । मधेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।

काठमाडौँ, २० जेठ । नागरिकता ऐन (संशोधन) विधेयक छिटो पारित गरिनुपर्नेमा सांसदले जोड दिएका छन् ।

रुपन्देही, २० जेठ । पार्टी विभाजनपछि नयाँ रणनीति तय गर्न विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने तयारी गरेको छ ।

रुपन्देही, २० जेठ । जिल्ला समन्वय समिति रुपन्देहीको गठनमा सत्तारुढ ५दलीय गठबन्धन अल्पमतमा पर्ने देखिएको छ । रुपन्देहीमा रहेका १६ स्थानीयतहमध्ये कांग्रेस एक्लैले १० वटा स्थानीय तहको प्रमुख जितेको छ ।

रौतहट, १९ जेठ । रौतहटस्थित एक स्थानीय तहमा बाम गठबन्धन गरी कम्युनिस्ट समर्थित ८ जना उम्मेदवार नगर कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।

नेपालगंज, १९ जेठ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाँकेको पार्टी कार्यालयमा नेता–कार्यकर्ताले तालाबन्दी गरेका छन् ।

नेपालगञ्ज, १९ जेठ । नेपालगञ्ज उपमहानगरमा कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा गठबन्धनभित्र अन्तर्घात भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाबीचको गठबन्धनमा अन्तर्घात भएको हो ।

रुपन्देही, १९ जेठ । तिलोत्तमा नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा ८ जना सदस्य एमालेबाट विजयी छन् ।

कैलाली, १९ जेठ । कैलालीको भजनीनगर कार्यपालिकामा ८ जना सदस्य निर्वाचित भएका छन् । यहाँ नेकपा एमाले र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच तालमेल भएको थियो ।

जनकपुरधाम, १८ जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित वडाध्यक्षसहित चार जनासँग तीनदिने स्पष्टीकरण सोधेको छ ।

काठमाडौँ, १३ जेठ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौँमा बालेन्द्र साह मेयरमा जित्नु परिवर्तनको संकेत भएको बताएका छन् ।

जनकपुरधाम, १३ जेठ । जनकपुरधाम उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनियताको सपथ लिएका छन् । 

जनकपुरधाम, १३ जेठ । मधेश प्रदेशमा नेपाली कांग्रेसले कुल ४७ वटा पालिकाको नेतृत्व पाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका नवनिर्वाचित जनप्रतिनिधिहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

रौतहट, १२ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोपालराय यादव विजयी भएका छन् ।

रौतहट, ११ जेठ । रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा एमालेका कन्थमनीप्रसाद कलवार विजयी भएका छन् ।

जनकपुरधाम, ११ जेठ । नेपाली कांग्रेसले जनकपुरधाममा विजयी जुलुस निकालेको छ ।

जनकपुरधाम, ११ जेठ । यसपटक स्थानीय तहको निर्वाचनप्रति मन्त्री तथा सांसदहरूको पनि मोह देखियो । कोही मन्त्री पद त्यागेर पालिका प्रमुखमा उम्मेदवारी दिए त कोही सांसद् पद त्यागेर उम्मेदवारी दिए ।

काठमाडौँ, ११ जेठ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् ।



ट्रेन्डिङ