काठमाडौं, ६ असार । राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरले मधेश नेपालको आन्तरिक उपनिवेशको रूपमा रहेको बताएका छन् ।
काठमाडौं, ६ असार । पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले केपी ओली सरकारविरूद्ध चरणबद्ध आन्दोलनको घोषण गरेको छ ।
काठमाडौं, ५ असार । प्रधानमन्त्री केपीशर्मा ओलीले लोकतन्त्रलाई बदनाम हुने काम कसैले गर्न नहुने बताएका छन् ।
काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टी नेपालले यो सरकारले चौथो मधेश आन्दोलन निम्त्याउन खोजेको हो भन्ने प्रश्न गरेको छ ।
काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा मंगलबार आफूलाई बोल्न रोकेर प्रमुख विपक्षी कांग्रेसले अमर्यादित चरित्र देखाएको बताएका छन् ।
कैलाली, ३ असार । थरुहट नेता लक्ष्मण थारुले टीकापुरमा २० हजार थारु युवाहरुको दस्ताले प्रदर्शन गर्ने तयारी गरिरहेको बताएका छन् ।
ललितपुर, १ असार । समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुथि विधेयकको नाममा सरकारले बल प्रयोग गरी जनताको सामुदायिक सम्पति कब्जा गर्नु र धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको अधिनायकवादी चरित्र भएको बताएका छन् ।
काठमाडौं । तत्कालीन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै बेला विभेदकारी र नश्लवादी संविधानलाई वर्तमान सरकारले पुनर्लेखन नगरिए जनआन्दोलनबाट संविधान फ्याकी जनताले आफ्नो संविधान घोषणा गर्ने चेतावनी दिएका थिए ।
काठमाडौं, ३० जेठ । समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको नयाँ दल समाजवादी पार्टीले निर्वाचन आयोगमा दल दर्ताका लागि आवेलन दिएको हो ।
जनकपुरधाम, ३० जेठ । मुख्यमन्त्री लालबाबु राउतले कानुनको फितलो कार्यान्वयनले चुरे दोहन बढेको बताएका छन् ।
वीरगञ्ज, ३० जेठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले लोक सेवा आयोगले निकालेको विज्ञापन असमावेशी र विभेदकारी भएकाले विज्ञापनलाई रद्द गर्नुको विकल्प नरहेको बताएका छन् ।
मणि प्रसाद गैेह्रे, कपिलवस्तु ३० जेठ । शुद्धोधन गाउँपालिकाका अध्यक्ष निशार अहमद खाँले विकास निर्माणको काममा पारदर्शिताको लागि जनता नै सजक बन्नुपर्ने बताए ।
काठमाडौं, २९ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक अनिल कुमार झाले मधेश/थरुहट आन्दोलनको छानबिनका लागि बनेको उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभएकोले विकल्प खोज्न बाध्य भएको बताएका छन् ।
वीरगञ्ज, २९ जेठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले पर्साको मालपोत कार्यालयमा अविलम्ब कर्मचारी पूर्ति गर्न माग गरेका छन् ।
काठमाडौँ, २८ जेठ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले गुथि विधेयकको नाममा जनताको धार्मिक साँस्कृतिक आस्थामाथि प्रहार गर्नु सरकारको ठूलो गल्ती भएको बताएको छ ।
जनकपुरधाम, २७ जेठ । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले सदियौदेखि विभेदमा परेको थारु समुदायलाई अधिकार प्राप्तिका लागि संघर्ष गर्नुको विकल्प नरहेको बताएका छन् ।
जनकपुरधाम, २७ जेठ । प्रदेश २ को नाम थरुहट थारुवान राख्नु पर्ने थारु कल्याणकारी सभा एवम् थरुहट थारुवान सँयुक्त संघर्ष समितिले माग गरेको छ ।
काठमाडौं, २६ जेठ । गुठीका जग्गा व्यवस्थापनको विषयमा भएका विवादहरु नजर अन्दाज गर्दै सरकारद्वारा चालिएका कदमहरुको साझा विवेकशील पार्टी घोर भत्सना गरेको छ ।
काठमाडौं, २६ जेठ । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले अग्रगामी परिवर्तनको एजेण्डाको दृष्टिले समाजवादी पार्टी, नेपाल १० वर्षे जनयुद्ध, मधेश जनविद्रोह र पहिचानको आन्दोलन सबैको उत्तराधिकारी भएको बताएका छन् ।
धनगढी, २३ जेठ । समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले समानुपातिक समावेशी व्यवस्थाका सन्दर्भमा संविधानको धारा ४२.१ र निजामति सेवासम्बन्धी प्रचलित कानुनविपरीत लोक सेवा आयोगले गत जेठ १५ गते ९ हजारभन्दा बढी पदहरूका लागि गरेको विज्ञापन प्रतिगामी भएकाले खारेज हुनुपर्ने बताएको छ ।
काठमाडौं, २२ जेठ । लोकसेवा आयोगले गरेको विज्ञापनप्रति आम आदमी पार्टी नेपालले भर्त्सना गरेको छ ।
काठमाडौं, २१ जेठ । सत्तारुढ समाजवादी पार्टी नेपालले हालै लोक सेवा आयोगले स्थानीय तहका लागि भनेर करिव ९ हजारभन्दा बढी कर्मचारी भर्ना सम्बन्धि विज्ञापन सूचना प्रकाशित गरेकोप्रति आपत्ति र विरोध जनाएको छ ।
धनगढी, २१ जेठ । समाजवादी पार्टी नेपालका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले ११ प्रदेशको प्रादेशिक संरचना नै वैज्ञानिक रहेको दाबी गर्दै त्यसको लागि मधेशमा संघर्ष हुने चेतावनी दिएका छन् ।