दीपक मनाङे डिल्लीबजार कारगार चलान

समाचार

4/20/2018

काठमाडौँ — हिजो राति पक्राउ परेका गुण्डा नाईके दीपक मनाङेको बाँकी कैद भुक्तान गर्नका लागि प्रहरीले डिल्लीबजार कारगार चलान गरेको छ ।

प्रहरी परिसर काठमाडौंले फरार रहँदै आएका मनाङेलाई बिहिबार राति स्वयम्भु क्षेत्रबाट पक्राउ गरेको थियो।
 
प्रदेश सभामा मनाङबाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका उनी १२ वर्ष अघिको एक ज्यान मार्ने उद्योगका फरार अभियुक्त हुन्। २०६१ बैशाख ३१ गते महाराजगंजको एक चिनियाँ रेस्टुरेन्टमा अर्का गुन्डा नाईके चक्रे मिलनको बायाँ हातमा धारिलो हतियार प्रहार गरेको मुद्दामा उनलाई पुनरावेदन अदालत पाटनले ५ वर्षको कैद सजाय सुनाएको थियो।
 
मनाङेले यसअघि नै दुई वर्ष जेल बसिसकेका हुनाले अब बाँकी तीन वर्ष (२०७८ बैशाख ६ गतेसम्म) कैद सजाय भुक्तान गर्नुपर्ने प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले बताए।
 
प्रहरी स्रोतका अनुसार पछिल्लो केही साता यता मनाङे प्रहरीलाई छक्काउँदै हेटौंडा, नुवाकोट र धादिङमा लुक्दै हिँडिरहेका थिए। स्रोतका अनुसार प्रहरी परिसर काठमाडौंले केही दिन अघि पाँचजनाको टोली मनाङेलाई पक्राउ गर्न नुवाकोट खटाएको थियो।
 
तीन दिन नुवाकोट बसेर प्रहरीको टोली रित्तो फर्केको थियो भने मनाङे प्रहरीलाई छक्काएर काठमाडौं छिरेका थिए।
 
साभार: कान्तिपुर

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ