‘सयौं थुंगा फुलका हामी एउटै माला नेपाली’ र ‘सार्वभौम भई फैलिएको मेचि महाकाली’ यो हाम्रो राष्ट्रिय गानले शब्दचित्रमा हाम्रो विविधतालाई पनि देखाउँछ, भाषा संस्कृतिको पनि कुरा गरेको छ । फुलको रुपमा हामीलाई देखाएको छ भने थुंगाको रुपमा समूहलाई देखाएको छ । यो एउटा सिम्बोलिक हो । तर फुल त फुल्छ झर्नका लागि । फुल त सुक्न सक्छ नि र फुल सुक्यो भने मालाको धागो मात्रै रहन्छ अर्थात् भूगोल मात्रै रहन्छ ।
हामी सबैलाई थाहा पृथ्वीनारायण शाहको एकीकरण भन्दा पहिला नेपाल बाईसै/चौबीसै राज्य थियो । अर्थात पृथ्वीनारायण शाहको एकीकरण भन्दा पहिला नेपालमा २४ ओटा सा–साना राज्यहरु रहेको थियो। शाहवंशको शासन भन्दा पहिला नेपाल ५२ राज्यीए देश भएको कुरा हामी सबैलाई थाहा भएकै कुरा हो।जब नेपाल देशको निर्माण २४ ओटा सा–साना राज्यको एकीकरणबाट भएको हो भने यसलाई बहुराष्ट्रिय राज्य भन्न किन मिल्दैन ।
नागरिकता अध्यादेशको बारेमा देशको सर्वोच्च अदालतको संवैधानिक इजलासले हिजो गरेको अन्तरिम आदेशबाट मधेश, थरुहट, पहाड र हिमालका लाखौं जनता निराश भएका छन् । सर्वोच्चको आदेश वा निर्णयको पालना र सम्मान गर्नु पर्ने सबैको बाध्यता भए पनि यस्ता आदेश र निर्णयबारे टिप्पणी र महीन केलाई गर्नु हरेक नागरिकको अधिकार हो ।
ऐतिहासिक दृष्टिकोणबाट हेर्नेहो भने मधेशले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान गर्दे आएको छ । मधेश राजनितीको एउटा यस्तो उर्वर भूमि हो । जहाँ विगतदेखी वर्तमान सम्म केही सिमित नेताले मधेशको नाममा लुटतन्त्र मच्चाउदै आएका छन् । आफुले भनेको गरेको जस्तो सुकै ठिक हुने तर अरुले भनेको गरेको कुरालाई राष्ट्रघाती देख्ने केही सीमित नेताहरु मधेशको नाम भजाउदै पटक पटक मन्त्रीको कुर्चीबाट हटछन् फेरी मधेशका मागहरु सम्झनामा आउन थाल्छन् अनि फेरी मधेश र मधेशीको नाममा राजनिती सुरु हुन्छ ।
हरेक पटक “मधेशका मुद्दाहरू” लाई तर्पण दिने भनी सरकारमा गएकै हुन्। अतितका सबै मुद्दा बिसर्जन र सत्ताका अगाडीको समर्पणलाई अबोध र अवचेतन मधेशी समुदायले क्या बात भनेकै थिए। मधेश नामबाट व्यापार र मधेश भवनहरूबाट अविच्छिन्न राजपाट सब चलेकै थियो।
महन्थ ठाकुर नेपाली राजनीतिका चिर परिचित व्यक्ति हुन् । अहिलेसम्म ठाकुरले आदर्शवादी र नैतिकवान नेताको पहिचान गुमाएको छैन । लगभग चार दशक नेपाली काँग्रेसमा आबद्ध रहेका ठाकुर २०६४ सालमा काँग्रेस त्याग गरेर मधेशकेन्द्रित राजनीतिमा सकृय भएका थिए । काँग्रेसमा रहँदा पनि असल छवि बनाएका ठाकुर मधेशकेन्द्रित दलमा पनि आफ्नो छविमा दाग लाग्न दिएको छैन ।
जसपाको रोजाई ओली कि ओलीको विकल्प प्रष्ट भई नसकेको अवस्था छ । सके जसपाको साथ लिएर आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने । आफ्नो नेतृत्वको सरकारलाइ निरन्तरता दिन नसके विकल्पमा सरकार नै गठन हुन नदिने खेलमा प्रधानमन्त्री ओली रहेका छन् । ओली नेतृत्वको सरकारले निरन्तरता पाउन नसकेमा, अर्को सरकारको गठन गर्ने प्रकृया आरम्भ हुन्छ ।
अहिलेसम्म प्रधानमन्त्री ओलीजीसँग कुनै पनि सम्झौता भएको छैन । उहाँ आश्वासन दिनुभएको छ, कामकारबाही अगाडि बढाउनुभएको छ । स्वाभाविकरूपले उहाँसँग हाम्रो भेटघाट निरन्तर भइरहेको छ । अन्य नेताहरूसँग पनि भेटघाट भई नै रहेको छ । शेरबहादुरजी भन्नुहुन्छ कि कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन, न त सरकार बनाउँछ । एक जना नेता भन्नुहुन्छ कि म अविश्वासको प्रस्ताव पेस गर्छु, आउनुस् सबै मिलेर जाऔं । ठूला दलहरू नै आपसमा मिल्न सकेका छैनन् । त्यो हाम्रो विग्रह होइन् । हाम्रो कसैसँग दुश्मनी छैन ।
वैदिक सनातन धर्मालम्बी अर्थात हिन्दुहरुका महत्वपूर्ण चाँड पर्वहरु मध्ये होली एक महत्वपूर्ण पर्व हो। खासगरी नेपाल र भारतमा बिशेष महत्वका साथ होली मनाउने चलन रहेको पाइन्छ। होली बसन्तको चाँड , रंङ्खहरुको पर्व , प्रेमको उत्सव आदि नामले परिचित रहेको छ ।
मिथिलाको माध्यमिकी परिक्रमा को नामले चिनिने मिथिला परिक्रमा सम्भवत विश्वमा सबै भन्दा लामो समय सम्म चल्ने धार्मिक यात्रा मध्येको एक धार्मिक यात्रा रहेको छ । मिथिलाको राजधानी एंम धार्मिक र सांस्कृतकि भूमी लगायत विभिन्न नामले समेत परिचित रहेको ७२ कुण्ड र ५२ कुट्टीको शहर जनकपुरधामको वरिपरी पैदल यात्रा गरी परिक्रमा यात्रा सम्पन्न गर्ने गरिन्छ । यो यात्रा नेपाल र भारत को संयूक्त यात्रा रहेको छ।
केपी ओलीले प्रतिगमनमाथि पनि प्रतिगमन गरेका हुन् । एउटा यिनीहरु संविधान बनाउने बेलामा प्रतिगमन गरे । जनताप्रति कांग्रेस, कम्युनिष्ट सबै मिलेर गरेका हुन् । सबैका लागि संविधान बनाइदिएन । आन्दोलनका एजेन्डाअनुसार संविधान बनाइदिएन । यतिबेला पनि प्रतिमन गरियो । त्यो प्रतिगमनले पनि नपुगेर यो देशको प्रधानमन्त्री भनाउँदा केपी ओलीले फेरि प्रतिगमन गरिहाले ।
मधेश समृद्ध होस् भनेर करिब दुई दशक राजनीतिमा सक्रिय थिएँ । म आफ्नो डा.सीके राउतको स्वतन्त्र मधेश गठबन्धनमा लाग्नु पूर्व पनि अन्य राजनीतिक दलमा सक्रिय थिएँ । मधेशमा जब फोरम, तमलोपा लगायतका राजनीतिक दलहरु उदाए उनीहरुले पनि मधेशलाई समृद्ध बनाउने लगायतका नाराहरु नै दिएका थिए ।
संघीयतासहितको राज्य व्यवस्थालाई औपचारिकता दिलाउने श्रेय मधेशलाई जान्छ । दोश्रो जनआन्दोलन पछि माओवादी समेतको संसद र सरकार गठन भएपछि पुनः प्रतिगमनको दिशामा अग्रसर हुन बाटो खुलाउने क्रममा ल्याइएको अन्तरिम संविधानसँंग असन्तुष्ट परिवर्तनकारी पक्षधरहरूको नेतृत्वमा भएको मधेश आन्दोलनलाई निस्तेज पार्न नेपाली सेना र माओवादी जनसेनाको संयुक्त परिचालन गर्न तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको कुरा धेरै पुरानो होइन ।
दुुर्भाग्य र लज्जास्पद कुुरा हो । जुुन राष्ट्रको राष्ट्रपति एउटा महिला हो, त्यो देशमै दिनहुुँ बलात्कार, महिला हिंसा र करणी भएका छन् । यो कुुर्सीमा बसेकाहरु, नीति नियम बनाउनेहरुलाई डर हुुँदोरहेछ कही आफ्नै छोरा, आफन्त परिहाल्यो भने फेरि गाह्रो होला । कति घटनामा त ठूूला नेता मन्त्रीकै आफन्तहरु रहेका हुन्छन् ।
सत्तालाई मधेशको विषयमा भ्रम यथावत् छ । वेदानन्द झा नेतृत्वको तराई कांग्रेसले २०१५ सालको आमनिर्वाचनमा भाग लिँदा प्रारम्भ भएको ‘पहिचानको खोजी’ अझै निष्कर्षमा पुगेका छैन । एउटा सीटमा पनि सफल हुन नसकेको तराई कांग्रेसलाई पहिलो आमनिर्वाचनमा २% मत प्राप्त भएको थियो । गजेन्द्र बाबु (गजेन्द्र नारायण सिंह)को नेतृत्वमा नेपाल सदभावना पार्टीले ४% सीट प्राप्त गरेको थियो ।
रोगी नेपाल, भोगी सरकारको चलखेल र भोकाएको जनताहरुको जलेको उम्लेको पेट छोडेर मेरो दृष्टि र दिमाग मात्र कलम समात्न मान्छ । नेपाल धेरै कुुराले सम्पन्न नभए पनि धार्मिक, जातीय विभेदता, रोगी, भोगी र भोकले परिपूूर्ण, सम्पन्न र समृद्ध हो भनौँ । वर्तमान समयलाई मध्यनजर गर्ने हो भने नेपाल लगायत सारा विश्व कोभिड–१९ को विषम प्रभावले बल्झिएको छ ।
राज्यले जानी–जानी हामीलाई मार्न खोजेको छ । त्यसकारणले अब हामी आन्दोलनै गर्नुपर्छ । भोकै मर्नुभन्दा राज्यले हामीलाई गोली ठोकेर मारोस्, डन्डा हानेर मारोस् । हामी मर्न तयार छौं ।
सदियौंदेखि मधेशीहरु सीमा अतिक्रमणको विरुद्ध लड्दै आइरहेका छन् । सधैं मधेशीलाई भारतीयको संज्ञा दिने महान नेपाली आत्माहरुले कहिले सोचेको हो, किन यति भारतीय भनेर गाली गर्दा पनि यिनीहरु आखिर किन जान्छन् सीमा रक्षा गर्न ! तपाईलाई लागेको होला कि नेपालको भूमिसँग माया छ भनेर तर वास्तविकता योभन्दा धेरै नै फरक छन् ।
सत्ताको दम्भ र उन्मादमा शासकवर्ग बौलाउँछन् र त्यसले उटपट्याङ्ग हर्कतहरु गर्छन् भन्ने विषयवस्तुहरु पढ्ने र सुन्ने गरेका थियौं । तर हाल आफ्नै देशमा देख्ने, भोग्ने र झेल्ने अवसर यो कमाउनिष्ट पाखण्डी सरकारले जुराइदिएकोले एकदमै दुःखित छु, लज्जाबोध हुँदैछ ।
विश्वभरि कोरोनाबाट प्रभावित भई प्रवासमा कामदारहरु दिनहुँ कुनै न कुनै कारणवश आफ्नो रोजगारी गुमाइरहेको अवस्थाको बारेमा सबैमा जगजाहिर नै छ । प्रवासमा विगत पाँच महिनादेखि तलब खाना भत्ता र काम नपाएको अवस्थाले उत्तिकै पिरोलेको छ ।
जसपा पुरानै पार्टीहरूको डुप्लीकेट हुने हो भने नेपाली जनतालाई अर्को भारी बोकाउन आवश्यक छैन । त्यसैले हिमाल, पहाड, मधेश जोड्ने सच्चा राष्ट्रिय पार्टी बनाउने तथा सम्पूर्ण मधेश जोडि विगतमा जातिवादी पार्टी वा जातिवादी नेतृत्वको आरोप नष्ट गरि समग्र मधेश मधेशीको हितैषी पार्टी बनाउनु जरुरी रहेको छ ।
निश्चय पनि अहिले राष्ट्रियताको सवालमा विभिन्न कोणबाट मधेशी जनतामाथि प्रहार भइरहेका छन्, अनेक भ्रम फैलाउने कार्य भइरहेको देख्दा पंक्तिकार आफैले आफैलाई सोधिन्छ– “मकुन देशको नागरिक हुँ?, मेरो देश कुनहो ?, मेरो पहिचान के हुने ?, मेरो सामथ्र्य के हुन्छ ? र मेरो भाषा संस्कृति, रहनसहन के हुने ?”, दर्जनौं प्रश्नउब्जिरहेका छन्, यद्यपी आजसम्म उत्तर भेटिएको देखिन्न ।
कलाको धनि 'म ' र 'उ' दुवै एक्कै सिक्काका दुइ पाटो, दुई शब्द ट्वीट गर्ने "म " बिरांगना र मौन धारण गर्ने उ लाटो। आज भोलि सामाजिक संजालमा अभिनेत्री मनिषाको वीरताको गाथा गाउने क्रममा कालापानी बिषयमा मौन बसेका गायक उदित नारायणको राष्ट्रियता माथि सन्देह र मानमर्दन गर्न थालिदै छ।
संविधान संशोधन गरि निशान छापमा लिम्पियाधुरा सहितको नेपालको नक्सा राख्नु भन्दा पहिला गम्भीर होऔ। यदि नेपालको नक्साकै कारण मौज्दात निशान छाप परिवर्तन गर्नु परे बरु संविधान संशोधन गरि अधिकान्स देशको निशान छाप नक्सा बेगरको भए जस्तै हामी पनि सोच्ने कि!