10/22/2019

कपिलवस्तु, ५ कार्तिक । यसोधरा गाउँपालिका–७ सोमडीबाट उखु पेल्ने मेसिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

10/22/2019

रौतहट, ५ कार्तिक । प्रदेश २ का मुख्यमंत्री मोहमद लालबाबू राउत गद्दीले संघीय सरकारका शिक्षा, विज्ञान तथा प्राविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा माफियासित मिलेर शिक्षाको अवस्था धरासायी बनाएको आरोप लगाएका छन् ।

10/22/2019

काठमाडौं, ५ कार्तिक । नेपाल सरकारका १८ अधिकारीहरुको दोस्रो समूहले सोमबारबाट भारतको बेंगलूरस्थित नेशनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेज एण्ड नार्कोटिक्स (नासिन) मा “सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे प्रशिक्षण सुरु गरेका छन् ।

10/22/2019

सिरहा, ५ कार्तिक । सिरहामा जनमत पार्टी निकट जिल्लास्तरीय दलित संघ गठन भएको छ ।

10/22/2019

झापा, ४ कार्तिक । नेपाली सेनाको पहलता, स्थानीय निकायहरुको संलग्नता तथा स्थानीय बासिन्दाहरुको सहकार्यमा नं.१ प्रदेश अन्तर्गत झापा जिल्लाको तोपगाछी व्यारेक ईलाका, कोशिटप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्र र धनकुटा

10/22/2019

मोरङ, ४ कार्तिक । रंगेली नगरपालिका–४ बेतौनाबाट करिब २ लाख २० हजार रुपैयाँ बराबरको ५२ बण्डल नागिन पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

10/22/2019

मोरङ, ४ कार्तिक । विराटनगर महानगरपालिका १५ स्थित १ ढाटबाट बेलबारी नगरपालिका ६ बस्ने ४० वर्षीय सिद्धि गिरीलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

10/21/2019

काठमाडौं, ४ कार्तिक । मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचनबाट ३७ जिल्लाका विभिन्न रिक्त पदहरूमध्ये प्रतिनिधि सभा सदस्य–१, प्रदेश सभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।

10/21/2019

जनकपुरधाम, ४ कार्तिक । प्रदेश नं. २ को लोकसेवा आयोगले पूर्णता पाएको छ । प्रदेश लोकसेवा आयोगले पूर्णता पाएसँगै आफ्नै कर्मचारी भर्ना प्रक्रिया पनि अगाडि बढ्ने भएको छ ।

10/21/2019

नयाँ दिल्ली, ४ कार्तिक । भारतका दुई राज्य हरियाणा र महाराष्ट्रमा आज नयाँ विधानसभाका लागि चुनाव शुरु भएको छ । महाराष्ट्रमा भाजपा र शिवसेना गठबन्धनको सरकार छ भने हरियाणामा भाजपाको बहुमतसहितको सरकार छ । 

10/21/2019

पर्सा, ४ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीति ‘पेशा’ नभएको बताएका छन् । ने

10/21/2019

काठमाडौँ, ४ कार्तिक । चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी अर्थात करीब दुई अर्ब ४० करोड रूपियाँ बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आज दुईपक्षीय सम्झौता भएको छ ।

10/21/2019

टोकियो, ४ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच आज बिहान टोकियोस्थित ‘आकासाका प्यालेस, स्टेट गेष्ट हाउस’ मा भएको भेटवार्ता नेपालको आर्थिक विकासमा जापानी सहयोगका विषयमा केन्द्रित भएको छ । 

10/21/2019

विराटनगर, ४ कार्तिक । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा विराटनगरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ बस्ने ४९ वर्षीय बिनोद प्रसाद साह रहेका छन् ।

10/21/2019

कैलाली, ४ कार्तिक । इलाका प्रहरी कार्यालय मालाखेतीले कैलालीबाट २८ जुवाडेलाई प्रकाउ गरेको छ । गोदावरी नगरपालिका–७ लालपुरस्थित वीबहादुर वलीले सञ्चालन गरेको वली होटलबाट उनिहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीलेले पक्राउ गरेको हो ।

10/20/2019

नेपालगन्ज, ३ कार्तिक । बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा अपराधिक गतिविधि बढेपछि स्थानीयको माग अनुसार प्रहरी बिष्ट स्थापनाका लागि नगरपालिकाकाले पहल सुरु गरेको छ ।

10/20/2019

इमरान खान, कपिलवस्तु, ३ कार्तिक । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ६ शिशवा गाउँमा हिजो साँझ करिब ६ बजे पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ ।

10/20/2019

जनकपुरधाम, ३ कार्तिक । धनुषाको सबैला नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरुले तलब उपलब्ध नगराएको भन्दै नगरपालिका कार्यलयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । 

10/20/2019

बारा, ३ कार्तिक । बाराको कलैया उपमहानगरपालिकाका कर्मचारी आन्दोलित भएका छन् । उनीहरुले आइतबारदेखि कार्यालयको कामकाज ठप्प पारेका छन् ।

10/20/2019

कञ्चनपुर, ३ कार्तिक । सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्नका लागि कञ्चनपुरको दक्षिणी क्षेत्रमा नेपाल भारतका सुरक्षाकर्मीले शनिबारदेखि दशगजा क्षेत्रमा संयुक्त गस्ती कार्य शुरु गरेका छन् ।

10/20/2019

दमक, ३ कार्तिक । झापासँग सिमा जोडिएको नेपाल–भारतको सीमा नाका शनिबार साँझ ५ बजेदेखि बन्द गरिएको छ । 

10/20/2019

रुपन्देही, ३ कार्तिक । बुटवल उपमहानगरपालिका–४ स्थित हाटबजारबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित पाल्पा तिनाउ गाउँपालिका–६ बस्ने ४८ वर्षीया नरकुमारी गाहालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

10/20/2019

वीरगञ्ज, ३ कार्तिक । पर्सा जिल्लामा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने निर्णयका साथ चार जिल्लाको जिल्ला स्तरीय सुरक्षा समन्वय समितिको बैठक पश्चिमी पर्साको ठोरी गाउँपालिकामा सम्पन्न भएको छ । 

10/20/2019

सिरहा, २ कार्तिक । सिरहाको गोलबजार नगरपालिका–१० मा स्थानीयवासीले गरेको गाँजाखेती प्रहरी टोलीले नष्ट गरेको छ ।

10/20/2019

बारा, २ कार्तिक । भारतसँग सीमा जोडिएको बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एकजना पक्राउ परेका छन् ।

ट्रेन्डिङ