10/2/2019

कपिलवस्तु, १४ असोज । जिल्लामा अख्तियारद्वारा विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगी ४० हजार घुससहित पक्राउ परेका छन् ।

10/2/2019

मोरङ, १४ असोज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विराटनगर महानगरपालिका–११ स्थित विराटनगर बसपार्कको हाताभित्र नवनिर्मित प्रहरी विट तथा नागरिक सहायता कक्षको सोमबार आयोजित समारोहका बीच उद्घाटन गरी जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण गरेका छन् ।

10/2/2019

सुनसरी, १४ असोज । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका–१२ बस्ने ३३ वर्षीय बिकास कसई लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

10/2/2019

दाङ, १४ असोज । तुलसीपुर उपमहानगरपालिका–६ बाट ७.५ फिट लामो टाउको र दाँत सहितको बाघको छालासहित रुकुम (पूर्व) उत्तरगंगा गाउँपालिका–१४ बस्ने २० वर्षीय भिमप्रसाद बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

10/1/2019

जनकपुरधाम, १४ असोज । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले पर्यटकीय विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् ।

10/1/2019

काठमाडौं, १४ असोज । यौन दुर्व्यहारको आरोप लागेका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् ।

10/1/2019

काठमाडौं, १४ असोज । संघीय संसदको महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेका प्रतिनिधिसभाका सभामुखलाई नेपाल कम्युनिष्ट पार्टीले राजीनामा दिन सुझाव दिएको हो ।

10/1/2019

रौतहट, १४ असोज । हिन्दूहरुको महान चाड विजयादशमी तथा तिहार पर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सभ्य सुरक्षित तवरले चाडपर्व मनाउंन १६ बुँदे अनुरोध पत्र सार्वजनिक गरेको छ ।

10/1/2019

काठमाडौं, १४ असोज । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि भर्खरै सार्वजनिक भएको बलात्कारको आरोपप्रति साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

10/1/2019

रौतहट, १४ असोज । गौर नगरपालिकाले बजार अनुगमन कार्य शुरू गरेको छ । चाड पर्वमा अखाद्य बस्तु विक्री वितरण गर्ने कार्यको नियन्त्रण गर्ने र चर्को मूल्यलाई व्यवस्थित गर्ने उद्देश्यले नगरपालिकाले बजार अनुगमन गर्न लागिएको हो ।

10/1/2019

कपिलवस्तु, १४ असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भाद्र १ गते सरुवा भएका कर्मचारी पुनः भाद्र १२ गते मन्त्रालयको पत्र लिएर आएपछि एक वडा अध्यक्षले त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

10/1/2019

कैलाली, १३ असोज । कैलाली जिल्लाको भजनी नगरपालिका ३ मौरियाभाटबाट एपीएफ टोलीले करीब पाँच लाख ४९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

9/30/2019

काठमाडौं, १३ असोज । भारतीय राजदूतावासले ५५औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस (आइटेक) २०७६ मनाएको छ ।

9/30/2019

काठमाडौं, १३ असोज । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल खुल्ला दिसामुक्त हुनु नेपालीका लागि गौरवको विषय रहेको बताएका छन् ।

9/30/2019

पर्सा, १३ असोज । बहुदरमाई नगरपालिका–६ बागेश्वरी त्रिकुना चोकबाट अवैध लागूऔषध ५ केजी ६ ग्राम सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

9/30/2019

झापा, १३ असोज । अर्जुनधारा नगरपालिका–१ सिस्ने भन्ने स्थानमा भण्डारण गरी राखेको Neogel-90 लेखिएको High Explosive बिष्फोटक पदार्थ करिब २५ केजी आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।

9/30/2019

काठमाडौं, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘खुला दिसामुक्त राष्ट्र एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल’ घोषणा गरेका छन् । उनले यस अभियानले मुलुकलाई सभ्यताको एक सिँढी माथि उठाएको बताएका छन् ।

9/30/2019

ललितपुर, १३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासका लागि नयाँ भवनको सैँब आवास क्षेत्र, भेसेँपाटीमा शिलान्यास गरेका छन् ।

9/30/2019

काठमाडौं, १३ असोज । नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकनसम्बन्धी वाणिज्य सहसचिवस्तरीय तेस्रो चरणको बैठक भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

9/30/2019

सिरहा, १३ असोज । छुवाछुतमुक्त समाज निर्माणका लागि घरभन्दा बाहिर हुने कार्यक्रम र छलफलमा जान थालेपछि अनिता यादवलाई कूलदेवताको घरमा दीप जलाउन समेत प्रतिबन्ध लाग्यो ।

9/30/2019

काठमाडौं, १३ असोज । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका ३२ भन्दा बढी नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

9/29/2019

जनकपुरधाम, १२ असोज । दशैं, दिपावली र छठ पर्वको अवसर पारेर प्रत्येक वर्ष जनकपुरधाममा लाग्ने दशैं बजारको मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले उद्घाटन गरेका छन् ।

9/29/2019

बारा, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रत्येक पाँच–पाँच वर्ष वर्षमा लाग्ने गढीमाई पञ्चवर्षीय शोभायात्रा समारोह तथा मन्दिर दर्शन कार्यक्रमलाई टेलिफोनमार्फत् उद्घाटन गरेकी छन् ।

9/29/2019

वीरगन्ज, १२ असोज । गण्डकी प्रदेश भ्रमणका लागि वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीमार्फत् वीरगन्जवासीलाई निम्तो दिइएको छ ।

9/29/2019

इटहरी, १२ असोज । जेष्ठ नागरिक दिवसको अवसर पारेर इटहरी उपमहानगरले जेष्ठ नागरिकका लागि इटहरीका छ ठाउँमा निःशूल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरेको छ ।

ट्रेन्डिङ