10/16/2019

 बुटवल, २८ असोज । श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लि. तिलोत्तमा–१४ रुपन्देहीले २४ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

10/15/2019

काठमाडौँ, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा बुधबार म्यानमार भ्रमणमा जाने भएकी छन् । 

10/15/2019

काठमाडौं, २८ असोज । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि खरीद गर्न लागिएको रेल सेट भारतमा निर्माण हुँदैछ । नेपालले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरीद गर्न लागिएको होे । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदै छन् । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ ।

10/15/2019

काठमाडौं, २८ असोज । जहाज ढिलो भएको भन्दै जनकपुर विमानस्थलमा तोडफोड गरेका राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साह पक्राउ परेका छन् । साहलाई महानगरीय अपराध महाशाखाको टोलीले त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलस्थित भीआईपी कक्षबाट पक्राउ गरेको हो ।

10/15/2019

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताएका छन् । अन्तर हिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवद्र्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

10/15/2019

धनुषा, २८ असोज । सुन जस्तो देखिने धातुलाई सुन हो भनी क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा चोकस्थित बिकेटी ज्वेलर्समा बिक्री गर्न खोज्ने ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

10/15/2019

कलैया, २८ असोज । कलैया सिटी जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । उक्त हाजिरी जवाफ प्रतियोगिता कार्यक्रमका प्रमुख आतिथ्य कलैया सिटी जेसीसका पुर्व अध्यक्ष एव मनकामना स्कुलका प्राधानाध्यापक रामबाबु प्रसाद कुशवाहा रहेका र कलैया सिटी जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी राजेश प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न भयो । 

10/14/2019

काठमाडौं, २७ असोज । । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने राजकीय भ्रमणमा नेपाल र चीनबीच विविध २० वटा क्षेत्रमा समझदारी एवम् सहमति भएको छ ।

10/14/2019

काठमाडौं, २७ असोज । नेपाल–भारत विद्युत व्यापार सम्झौता अन्तर्गतका संयुक्त सञ्चालक समिति र संयुक्त कार्य समूहको सातौं बैठक भारतमा हुने भएको छ ।

10/14/2019

काठमाडौं, २७ असोज । समाजवादी पार्टीको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । पार्टी कार्यालय बालकुमारीमा बस्ने बैठकमा पार्टी समायोजन लगायतका विषयमा छलफल हुने प्रचार प्रसारका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । 

10/14/2019

रौतहट, २७ असोज । भारतबाट भारतीय नम्बर प्लेटकै मोटरसाइकलमा तीन जना रौतहट पसेर एक जनालाई गोली हानेका छन् ।

10/14/2019

राजविराज, २७ असोज । राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु) को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ । 

10/14/2019

जनकपुरधाम, २७ असोज । मिथिलाञ्चलमा कोजागरा पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । असोज पूर्णिमाका दिन पारिवारिक समृद्धि र सौभाग्यका लागि यो पर्व मैथिल संस्कृतिअनुसार मनाइन्छ ।

10/14/2019

जनकपुरधाम, २६ असोज । मुख्यमन्त्री लालबाबु राउतले प्रहरीलाई प्रविधीयुक्त र साधन स्रोत सम्पन्न बनाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

10/14/2019

काठमाडौं, २६ असोज । राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले भारतको वास्तविक समस्या पाकिस्तान भएको बताएका छन् ।

10/14/2019

राजविराज, २६ असोज । मैथिली साहित्य परिषद् राजविराजका नवनिर्वा्चित पदाधिकारीहरुलाई एक समारोहबीच शपथग्रहण एवम् पदस्थापन गराइएको छ ।

10/5/2019

कलैया १७ असोज । पञ्चवर्षीय गढिमाई मेला सञ्चालनमा बाधा व्यवधान खडा भए त्यसबाट उत्पन्न हुने भयावह परिस्थितिको जिम्मेवार महागढिमाई नगरपालिका तथा स्थानिय शुरक्षा निकाय हुने गढिमाई सञ्चालन तथा बिकाश समितिका अध्यक्ष रामचन्द्र साहले जनाएका छन् ।

10/5/2019

काठमाडौं, १७ असोज । बाराको बरियापुरमा प्रत्येक ५ बर्षमा लाग्ने विश्व प्रसिद्व गढिमाईको भव्यरुपमा मनाइने पुजा तथा मेलामा सडक निर्माण गर्न १६ करोडभन्दा बढीको योजना स्वीकृत भएको छ ।

10/3/2019

काठमाडौं, १६ असोज । नेपाल धानुक समाजका सल्लाहकार तथा डिक्का महासंघका अगुवा समाजसेवी रामऔतार मण्डलप्रति धनक युवा फाउण्डेशनले श्रद्धाञ्जली अर्पण गरेको छ ।

10/3/2019

काठमाडौं, १६ असोज । अर्थमन्त्री डा. युवराज खतिवडा भारत प्रस्थान गरेका छन् । भारतमा असोज १६ र १७ गते हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

10/3/2019

काठमाडौँ, १६ असोज । भदौ २० गते एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएका छन् ।

10/3/2019

काठमाडौँ, १६ असोज । भारतीय नेताहरूले नेपालमा महात्मा गान्धीको दर्शनको गहिरो प्रभाव परेको बताएका छन् । महात्मा गान्धीको १५० औं जयन्तीका अवसरमा महेन्द्रनारायण निधि प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको गान्धी दर्शनसम्बन्धी प्रवचनमा सत्तारूढ ...

10/3/2019

जनकपुरधाम, १६ असोज । मुख्यमन्त्री लालबाबु राउतले कुपोषण अन्तका लागि तिनै तहका सरकारबीच समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

10/2/2019

जनकपुरधाम, १५ असोज । नेपाल टेलिकमले जनकपुरधामसहित मुलुकको ३२ वटा शहरमा एक साथ हाई स्पिड इन्टरनेट फोरजी सेवाको शुभारम्भ गरेको छ ।

10/2/2019

जनकपुरधाम, १५ असोज । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले नीति कानूनले मात्र बाल विवाह अन्त्य गर्न नसकिने बताएका छन् ।

ट्रेन्डिङ