काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा परिणाम नआए पनि आगामी दिनमा थप सांगठनिकरुपमा कार्यहरु द्रूत गतिमा अगाडि बढाउनु पर्ने नेता मनिष मिश्रले बताएका छन् ।
कांग्रेसका नेता मिश्रले नेपाली कांग्रेसले अब कुनै पनि कुरामा नअलमलिकन जनताको बीचमा गई जनताहरूको दिनचर्यामा हुने राजनीतिक तवरको सहयोग सहजता गर्ने तथा सांगठनिक कार्यहरू द्रुत गतिमा अगाडी बढाउनुपर्ने धारणा राखेका हुन् ।
उनले सडक तथा सदन दुवैतिर आफ्ना एजेन्डा, खबरदारी, देश विकासमा सहयोग कार्यहरू अगाडी बढाए बेस हुने बताए ।
उनले भनेका छन्, ‘विश्वास नेपाली कांग्रेससँगै छ । गर्नु नेपाली काँग्रेसले नै पर्छ, अहिले आएको क्षणिक सुनामी हो जो विस्तारै शिथिल हुँदै जानेछ ।’
उनले नेपाली कांग्रेसलाई अरू जस्तो आराम गर्ने छुट नरहेको बताउँदै निरन्तर जनजनमा पुग्नै पर्ने जिकिर गरेका छन् । ‘जसरी नि पुग्नु पर्छ । जुन हालतमा नि पुग्नु पर्छ । देशले बुझेको पार्टी र नेता नेपाली कांग्रेसको हो । देश बुझेको पार्टी नेपाली कांग्रेस हो ।’ उनले भनेका छन् ।
तपाईको प्रतिक्रिया