काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले यो वर्ष ‘स्वर्ण वर्ष’ बन्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् । २०८३ सालको शुभकामना व्यक्त गर्दै बस्नेतले शासक र शासित सबैका लागि यो वर्ष स्वर्ण वर्ष बन्न सकोस् भन्ने धारणा व्यक्त गरेका हुन् ।
बस्नेतले भने, ‘सुुशासन र तीव्र विकासको जनअपेक्षा सँगै २०८३ साल सुरु भएको छ । सबैले आ–आफ्नो ठाउँबाट सानो तर इमानदार प्रयास गर्ने राजनीतिक संस्कारको विकास हुन सकोस् ।’
उनले राजनीतिक नेतृत्व लोकतान्त्रिक बन्नपर्ने धारणा व्यक्त गरेका छन् । मुलुुकमा जनमुुखी, उत्तरदायी, पारदर्शी र विधिको शासनमा आधारित शासन व्यवस्था होस् भन्नेमा उनको जोड रहेको छ ।
आगामी दिनहरुमा कांग्रेस–कम्युनिष्टको आवश्यकता र औचित्यबारे समयले बताउँने भन्दै कम्तिमा २०८३ सालमा नेपालीले कांग्रेस–कम्युनिष्ट शासनको बोझ बोक्न नपरेको उनको भनाइ छ ।
तपाईको प्रतिक्रिया