श्री ५ को सरकार र नेपाल सद्भावना पार्टीबीच भएको सम्झौता

प्रेस बिज्ञप्ति

9/18/2018

मिति : २०५५/०७/२६


श्री ५ को सरकारको ध्यानाकर्षणका लागि नेपाल सद्भावना पार्टीद्वारा विभिन्न मागहरू राखी चरणबद्ध रूपबाट गर्दै आएको तेस्रो चरणको कार्यक्रम अनिश्चितकालीन भूख हड्तालको सिलसिलामा आज २६ कार्तिक २०५५ का दिन श्री ५ को सरकारको प्रतिनिधि र नेपाल सद्भावना पार्टीको प्रतिनिधिबीच निम्न सहमतिमा समाप्त भएको छ ।

१. नेपाल सद्भावना पार्टीद्वारा ०५५ भाद्र १ गते सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रस्तुत ज्ञापन–पत्रमा उठाइएका मागसँग सम्बन्धित संविधान संशोधनको विषयमा श्री ५ को सरकारले सबै राष्ट्रिय मान्यता प्राप्त दलहरूको बीच उपयुक्त निकासको खोजी गर्न आवश्यक विचार विमर्श गरी पहल गर्नेछ ।

२. बेराजगारी समस्या हटाउन र महँगीलाई नियन्त्रण गर्न श्री ५ को सरकार पूर्ण रूपले कटीबद्ध रहेको छ र यसलाई समाधान गर्न सरकार निरन्तर प्रतिबद्ध रहनेछ ।

३. कार्तिक २३ गते नेपाल सद्भावना पार्टीद्वारा सञ्चालित कार्यक्रमको सिलसिलामा सुनसरी, नवलपरासीलगायतका जिल्लाहरूमा प्रहरीद्वारा भएको लाठीचार्जबारे श्री ५ को सरकारद्वारा १५ दिनभित्र वास्तविकता छानबिन गरिनेछ र यस सन्दर्भमा गिरफ्तार भएका नेपाल सद्भावना पार्टीका कार्यकर्ताहरूलाई २४ घन्टाभित्र रिहा गरिनेछ ।

श्री ५ को सरकारको तर्फबाट अर्जुननरसिंह के.सी.शिक्षामन्त्रीशिक्षा मन्त्रालय

नेपाल सद्भावना पार्टीको तर्फबाट

श्री रामेश्वरराय यादव उपाध्यक्ष

श्री शैलेशकुमार चौधरी महा–सचिव

श्री भोगेन्द्र ठाकुरसंयुक्त महा–सचिव

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ