काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य शिवराम यादव सप्तरी जिल्लाको क्षेत्र नम्बर १ बाट आउँदो प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बन्ने चर्चा चलेको छ ।
अर्जुन साह, बारा । “सक्षम बालिका समृद्ध मधेश“ भन्ने मुल नाराका साथ सिमरामा मधेश बालिका सम्मेलन सम्पन्न भएको छ ।
जनकपुरधाम । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले साहले बालेन शाहले केपी ओलीसँग चुनावी प्रतिष्पर्धा गर्छु भनेर हल्ला फिँजाईएको भन्दै लोकप्रियताको घमण्ड भए काठमाडौं उपत्यकाबाट नै चुनावी प्रतिष्पर्धा गर्न पनि सुझाव दिएका छन् ।
काठमाडौं । विदेशमा बस्ने मधेशीहरुको छाता संगठन मधेशी एकता समाजको यूएई शाखाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठन गरेको छ ।
काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय एकता दल र मानव महाशक्ति अभियान नेपालबीच चुनावी चिन्ह प्रयोग तथा कार्यगत सहकार्य सम्बन्धी दुई पक्षीय सहमति भएको छ।
बनेपा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेसभित्रको आन्तरिक विवादको कारण देखाएर २१ फागुनको निर्वाचन सार्ने षड्यन्त्र भईरहेको बताएका गरेका छन् ।
बाँके । बाँके जिल्ला डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको भनिएको अपहरण तथा सामूहिक बलात्कारको घटनाले देशभर आक्रोश र चिन्ता फैलिएको छ।
काठमाडौं, । काठमाडौं क्षेत्र नं. ९ को सांसद पदका प्रत्याशी इरस श्रेष्ठ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
काठमाडौं । हिन्दू राष्ट्र निर्माण, राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पुनर्जागरणको मूल नारासहित राष्ट्रिय एकता दलको औपचारिक घोषणा सभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ ।
काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसन मधेश प्रदेशका पूर्व अध्यक्ष ईञ्जिनियर नन्दकिशोर यादव जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
काठमाडौं । मुलुकमा विद्यमान राजनीतिक, सामाजिक तथा सुरक्षा अवस्थाबारे गम्भीर चासो व्यक्त गर्दै संघीय गणतान्त्रिक गठबन्धन आबद्ध तीन दल, संयुक्त नागरिक पार्टी र राष्ट्रिय क्रिश्चियन महासंघ नेपालले संयुक्त रुपमा सरकारलाई ध्यानाकर्षण गराएको छ ।
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टी नेपालको समर्थनमा राष्ट्रिय सभा निर्वाचनका लागि मधेशबाट उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधाम । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव अनिल महासेठ सिरहा र धनुषाबाट उम्मेद्वारका लागि सिफारिस भएका छन् ।
बर्दिया । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश इतिहासकै जटिल मोडमा उभिएको भन्दै देशभक्त र अग्रगामी शक्तिहरुबीचको एकताको आवश्यकता औंल्याएका छन् ।
सर्लाही । जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत नौजना उम्मेदबारको नाम सिफारिस गरेको छ।
काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री, सप्तरी निवासी उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा रहेको ICTC भवनको प्रयोगबारे अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ ।
चितवन । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ।