जनकपुरधाम, २२ साउन । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।
काठमाडौं, २२ साउन । सांसद एवम् पूर्वमन्त्री प्रभु साहले गैरसरकारी संस्थाहरुले लुट मचाएको आरोप लगाएका छन् ।
रौतहट, २१ साउन । रौतहटमा पनि निषेधाज्ञा हुने भएको छ । रौतहटमा पनि समुदायमा संक्रमण फैलिने त्रास भएकाले जिल्लालाई नै निषेधाज्ञा गर्ने निर्णय गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिएका छन् ।
दार्चुला, २१ साउन । भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो ।
काठमाडौं, २१ साउन । भारतको अयोध्यामा बुधबार राम मन्दिरको भूमिपूजन शिलान्यास भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो राम मन्दिर निर्माणका लागि भूमि पूजन गरी मन्दिरको शिलान्यास गरेका हुन । उनले चाँदीको इँटा राखेर मन्दिरको शिलान्यास गरे ।
जनकपुर, २१ साउन । भारतको अयोध्यामा राम मन्दिरको भूमि पूजनमा सहभागी हुन जानकी मन्दिरका महन्थ अयोध्या गएका छन् ।
वीरगञ्ज, २१ साउन । पर्सा र बारामा गरी थप १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
काठमाडौं, २१ साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर शिलान्यासको क्रममा नेपालको प्रसंग पनि जोडेका छन् ।
जनकपुरधाम, २१ साउन । जनकपुरधाम उप–महानगरपालिकाका २ जना कर्मचारी कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगन्ज, २१ साउन । देशकै प्रमुख व्यापारिक नाका तथा औद्योगिक नगरी वीरगन्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न “एउटा एसएमएस” अभियान चलाइएको छ ।
वीरगन्ज, २१ साउन । कोरोना भाइरसको हटस्पटको रुपमा रहेको पर्सा जिल्लामा थप दुई जनाको मृत्यु भएको छ ।
बाँके, २१ साउन । राप्तीसोनारी गाउँपालिका–४ खरघट्टीबाट २ नाल भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।
रुपन्देही, २१ साउन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको प्रदेश नं. ५ मा संसदीय दलको नेतामा वीरेन्द्र कुमार कनौडिया चयन भएका छन् ।
कपिलवस्तु, २१ साउन । केही दिन यता स्वास्थ्य कार्यालय कपिलवस्तुले जिल्लामा समुदायस्तरमा कोरोना छ छैन भनेर जानकारी लिनका लागि समुदायमा गरेको पिसिआर परीक्षणको नतिजामा कोरोना संक्रमण भएका व्याक्तिहरु भेटिएका छन् ।
बाँके, २० साउन । जिल्लाको डुडुवा गाँउपालिका १ चौखेरीपाजास्थित राप्ती नदीको किनारबाट एपीएफ टोलीले करीब दुई लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।
रुपन्देही, २० साउन । रुपन्देही जिल्लाको कोटहीमाई गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब तीन केजी चाँदी जस्तो देखिने गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
कपिलवस्तु, २० साउन । कपिलवस्तु जिल्लाको मायादेवी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले श्रोत नखुलेको १६ लाख रुपैयाँसहित सोही गाँउपालिका १ बस्ने ३८ बर्षिय बिनोद सोनारलाई पक्राउ गरेको छ ।
काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय संकटलाई विरोधको अवसरका रुपमा लिने प्रबृत्ति फेर्नु पर्ने बताएका छन् ।
रौतहट २० साउन । रौतहटमा लामो समयदेखि चोरीको घटनामा संलग्न गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बिजयपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
जनकपुरधाम, २० साउन । समुदायस्तरमा कारोना भाइरसको संक्रमणपछि प्रदेश २ का विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ६ जिल्ला सदरमुकाम भिडभाड हुने स्थानमा निषेधाज्ञा जारी गरिएको हो ।
महोत्तरी, २० साउन । महोत्तरीमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जलेश्वर नगरपालिकाका कर्मचारीसहित महोत्तरीमा ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।
जनकपुरधाम, २० साउन । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जनासहित धनुषामा ३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
राजविराज, २० साउन । सप्तरीमा मंगलबार बिहानदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।