वीरगन्ज, ३० साउन । प्रदेश २ को बारा, पर्सा, रौतहट र महोत्तरीमा ५० जनामा कोरोना संक्रमण भेटिएको छ ।
काठमाडौं, ३० साउन । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको सम्झनामा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्ले आइतबार एउटा कार्यक्रमको आयोजना गर्ने भएको छ ।
काठमाडौं, ३० साउन । भारतबाट गत माघमा रेल सेट ल्याउने तयारी भए पनि कोभिड–१९ का कारण ढिलाइ भएको छ । भारतबाट ल्याइएको सेट सीमामा रोकिएको रेल विभागले जनाएको छ । सरकारले खरिद गरेको सो रेल सेट सीमामा आइसकेर पनि नेपाल ल्याउन
काठमाडौं, २९ साउन । नेपाली कांग्रेसले धनुषाका नेता तथा जनकपुरका प्रसिद्ध समाजसेवी एवम् पूर्वमेयर ...
काठमाडौं, २९ साउन । एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्धारसहित स्वदेश फिर्ता गरिएको छ ।
वीरगन्ज, २९ साउन । बारा र पर्सामा ३५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ मा दिनानुदिन संक्रमितहरु बढ्दै गएका छन् । योसँगै पर्सामा कोरोना संक्रमित १ हजार १ सय ४५ पुगेको छ ।
महोत्तरी, २९ साउन । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ को कायस्थ टोल मटिहानीमा चित्रगुप्त मन्दिर उद्घाटन भएको छ ।
कपिलवस्तु, २८ साउन । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ बाट एपीएफ टोलीले २४ लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।
काठमाडौं, २८ साउन । नेपाल र भारतबीच कालापानीको सीमा विवादयता पहिलोपटक वार्ता हुने भएको छ । वार्ता काठमाडौंमै भिडियो कन्फरेन्समार्फत् हुनेछ ।
जनकपुरधाम, २८ साउन । जनकपुरधामका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको मंगलवार राति निधन भएको हो ।
वीरगन्ज, २८ साउन । वीरगन्जको नारायणी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिएका छन् । सुरक्षाको माग गर्दै अस्पतालका ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीले सामूहिक राजीनामा दिएका हुन् ।
काठमाडौं, २८ साउन । सरकारले भारतबाट स्थलमार्ग हुँदै नेपाल आउनका लागि १० सीमा नाका तोकेको छ । यसअघि २० वटा नाका तोकिएको १० वटा मात्र सीमित गरेको सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
महोत्तरी, २८ साउन । महोत्तरीको मटिहानी बजार बुधबारदेखि सिल गरिएको छ । केही दिन अगाडि मटिहानी नगरपालिका ६ का कोरोना संक्रमित ४५ वर्षीय पुरुषको उपचारको क्रममा गएको सोमबार मृत्यु भएपछि बजार क्षेत्र सिल गरिएको हो ।
जनकपुरधाम, २८ साउन । नेकपाले शहिद रामवृक्ष यादवको स्मृति स्वरुप यस वर्ष फरक शैलीमा मनाउने भएको छ ।
रौतहट, २८ साउन । रौतहटको कटहरिया नगरक्षेत्रमा १२ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । साथै नगरपालिकाले विभिन्न ५ बुँदे निर्णय समेत गरेको छ ।
जनकपुरधाम, २८ साउन । प्रदेश २ मा १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेश २ का १ सय ७४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
नेपालगन्ज, २८ साउन । जिल्ला प्रशासन कार्यालय बाँकेले पुनः तीन दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
काठमाडौं, २८ साउन । सरकारले भारतबाट श्रम गर्न नेपाल प्रवेश गर्न रोक लगाएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
लहान, २८ साउन । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सिरहाको सुखीपुर नगरपालिमा बुधबार बिहान ६ बजेदेखि साउन ३२ गते १२ बजे राती सम्मका लागि लकडाउन गरिने भएको छ ।
विराटनगर, २८ साउन । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मोरङमा थप एक पुरुषको मृत्यु भएको छ ।
बाँके, २८ साउन । तराई मानव अधिकार रक्षक संजाल (थर्ड एलायन्स) ले बाँके जिल्लामा सञ्चालनमा रहेका आइसोलेसनहरुको मापदण्डका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
बुटवल, २८ साउन । बुटवल कोरोना विषेश (अस्थायी) अस्पतालमा उपचाररत् दुई जनाको मृत्यु भएको छ ।