इमरान खान, काठमाडौं, २ असोज । नेपाल अर्बुद रोग निवारण संस्थाले यो वर्षको उत्कृष्ट पत्रकारिता पदक नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीलाई दिएको छ । गोपाल बराइली निशान अनलाईन न्युजका सम्पादक पनि हुन् ।
राजविराज, २ असोज । नेपाल प्रजापति कुम्भकार सँघ सप्तरीको अध्यक्षमा पुनः सिँहेश्वर पण्डित चयन भएका छन् । हनुमानगर कंकालनी नगरपालिका १० मा सम्पन्न नेपाल प्रजापति कुम्भकार सँघ सप्तरीको ५ औ जिल्ला अधिबेशन वाट सिँहेश्वर पुनः चयन भएको हो ।
राजबिराज, १ असोज । सप्तरीको एम्पायर तथा स्कोररहरूको भेलाले निरज कुमार सिँहको अध्यक्षतामा १३ सदस्यीय सप्तरी अफिसियल सँघ नेपाल गठन गरेको छ ।
काठमाडौं, १ असोज । संविधान दिवस मनाउने सन्दर्भमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको केन्द्र र प्रदेशको मत बाझिएको छ ।
कावासोती, १ असोज । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ ।
नवलपरासी, १ असोज । सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ ।
इनरुवा, १ असोज । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए ।
मोरङ, १ असोज । मोरङको पथरीशनिश्चरे नगरपालिकाले भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि समिति गठन गरेको छ । नगर कार्यपालिकाको बैठकले यसअघि नगरका सर्जकको भेलाले समिति गठनका सम्बन्धमा गरेको निर्णय अनुमोदन गर्दै दुई महिनाभित्र उपसमितिसमेत निर्माण गरी समितिको पूर्णता दिने भएको छ । ‘
काठमाडौं, १ असोज । भारतीय सेना प्रमुख विपिन रावतले ‘भौगोलिक बाध्यता’ कारण नेपाल र भुटानले चाहेर पनि भारतबाट टाढा जान नसक्ने दाबी गरेका छन् । भारतीय सेनाप्रमुख रावतले भूगोलकै कारण यी दुई मुलुकले चीनतर्फ ढल्किन नसक्ने पनि दाबी समेत गरे ।
बाँके, १ असोज । ‘गाउँगाउँमा सिंहदरबार’, स्थानीय निर्वाचनका बेला यो नारा खुबै चल्यो । सिंहदरबारबाट जनताका अधिकार गाउँमा पुग्छन् भन्नेमा आम नागरिक ढुक्क थिए । तर स्थानीय तहमा कामको सुस्ततालाई देखेर नागरिकमा भने निराशा देखिन थालेको छ ।
कपिलवस्तु, १ असोज । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशनले पुनः गोपाल भण्डारीको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ ।
चन्द्रकान्त खनाल, रुपन्देही, १ असोज । प्रदेश नं ५ सरकारले अघि सारेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम सञ्चालनका लागि कार्यक्रम सञ्चालन निर्देशिका पारित पारित छ ।
गाईघाट, ३१ भाद्र । उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रूपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ ।
काठमाडौं, ३१ भाद्र । भारतीय राजदूत मन्जिभसिंह पुरी दुई दिनका लागि आफनो परिवारसहित हुम्ला पुगेका छन् । राजदूत पुरीकी श्रीमतीसहित सात सदस्यीय टोली हुम्लाको सिमकोट पुगेका हुन् ।
चन्द्रकान्त खनाल, रुपन्देही, ३० भाद्र । प्रदेश ५ भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले यातायात व्यवसायीहरुको अहिलेको समस्या पहल गर्नको लागि प्रदेश सरकार मात्रै प्राप्त नभएको भन्दै केन्द्रीय सरकारबाट हुने बताए ।
राजविराज, ३० भाद्र । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्ने कार्यमा सरकार प्रतिबद्ध भएर लागेको बताएका छन् ।
काठमाडौं, ३० भाद्र । महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई
राकेश यादव, रौतहट, ३० भाद्र । रौतहट जिल्लाको यमुनामाई गाउँपालिकामा शनिबार नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । नुहाउनका लागि लम्हा नदीमा गएकी स्थानीय वड़ा नम्बर २ निवासी १२ वर्षीय
वीरगंज, ३० भाद्र । गत साउन ११ गाते बलात्कारपछि हत्या भएको अवस्थामा फेला परेकी कञ्चनपुरकी निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशैभरि प्रदर्शन भएको छ ।
कलैया, ३० भाद्र । दुवै मिर्गाैलाले काम गर्न छोडेपछि विगत आठ वर्षदेखि उपचार गराइरहनुभएका वासु अधिकारीलाई युथ अफ निजगढले आर्थिक सहयोग गरेको छ । निजगढ नगरपालिका वडा नं ६ सडकटोलका ४७ वर्षीय
महोत्तरी, ३० भाद्र । महोत्तरी जिल्लामा विभिन्न कार्यक्रमसहित विश्व सरसफाई दिवस मनाइएको छ । सेभ जलेश्वरको ७५औं सप्ताह समेत रहेकोले बृहत रुपमा सरसफाई कार्यक्रम आयोजना गरिएको रोहित साहले बताए । सेभ जलेश्वरले प्रत्येक शनिवार सरसफाई कार्यक्रम गर्दै आएको छ ।
राकेश यादव, रौतहट, २९ भाद्र । गौर नगरपालिका कार्यालयले लालबकैया नदीमा भएको डूंगा दुर्घटनामा परी ज्यान गुमाएका मृतक परिवारलाई क्षतिपूर्ति वापतको रकम प्रदान गरेको छ ।