आगामी फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचन हुने भएको छ । राष्ट्रियसभाका जेष्ठ सदस्य तारादेवी भट्टले फागुन ३० गते बुधबार राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा हुने जानकारी गराएकी हुन् ।
होली खेल्नेक्रममा घरको छतबाट खस्दा पोखरा लेखनाथ महानगरपालिका–२ विन्ध्यवासिनीका ११ वर्षिय आविश्कार रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी दिनु भएको छ ।
नेपाल मै पहिलो पटक हुन लागेको सिइओ समिट तथा अवार्डमा सहभागी हुन नेपाल बाहिरबाट उत्साहजनक आवेदन आएको छ ।
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । माओवादी केन्द्र रामबहादुर थापा बादलको नेतृत्वमा सरकारमा सहभागी भएको छ। बादल गृहमन्त्री बनेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्रीको सपथ लिएको ११ दिनपछि ओलीले मन्त्रिपरिषदमा ४ जना सदस्य थप गरेका हुन् ।
भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५५ वर्षीया श्रीदेवीको हृदयाघातका कारण दुबईमा निधन भएको हो ।
देउवा सरकारको निर्णय उल्टाउने केपी ओली नेतृत्वको पहिलो कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
नेकपा माओवादी केन्द्र नेकपा एमालेबीच मन्त्रालयको भागबन्डा मिलेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार माओवादी केन्द्रको भागमा गृहसहित ७ वटा मन्त्रालय भाग लागेको छ ।
इन्काउन्टरमा मारिएका मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ । पुन र उनका सहयोगी सोम बहादुर आले घटनास्थमै मारिएका छन् ।
पार्टी एकतामा सहमति जुटेपछि एमाले र माओवादी केन्द्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारका लागि नेताहरुसँग परामर्श गरिरहेका छन्।
नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकताका लागि ७ बुँदे आधारपत्र तयार भएसँगै माओवादीभित्र विवाद देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते (मंगलबार) नेपाल बन्दको आव्हान गरेकोे दिन बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरेको छ ।
जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरणलाई स्वच्छ राख्नका लागि फोहोर गर्नेलाई अब ठाउँका ठाउँ दण्डित गर्नुपर्ने बताएका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समिति बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।
विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।
र-जग्गा तथा सुन धितो राखेर चर्काे ब्याजदरमा कर्जा प्रवाह गर्दै आएका समूहविरुद्ध सिआइबीले आइतबार देशभरि ‘अप्रेसन’ चलाएर दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ।
पार्टी एकताको निर्णय नभएसम्म सरकारमा सहभागी नहुने मनस्थितिमा रहेको माओवादी केन्द्रमा पनि मन्त्री बन्नका लागि भने दौडधुप सुरु भइसकेको छ ।
बिहीबार अपराह्न शीतल निवासमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता हस्तान्तरणको तयारी गर्दैगर्दा पूर्वडीआईजी नवराज सिलवालले ट्वीट गरे, ‘कानूनको धज्जी उडाएर आफ्नो स्वार्थपूर्ति गर्न जे पनि तयार एउटा अधिनायकवादी पात्रको ज्यादतीबाट मुलुकले आज उन्मुक्ति पाएको छ ।’
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहणलगत्तै आफना पाँच प्राथमिकता सार्वजनिक गरेका छन् ।