बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रका प्रयास बिमष्टेकको चौथो सम्मेलन काठमाडौंमा चलिरहेको छ । बिमस्टेक होस् वा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), त्यति संगठित र व्यवस्थित हुन सकेको छैन । नेपालले अहिले सार्क र विमस्टेक दुवैको अध्यक्षता गरिरहेको छ ।
लहान, १५ भाद्र । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका बनिनियाँ, बेल्हा, थल्हा, राजपुर, बंठिया र कोरनियाहीस्थित विद्यालयलाई २/२ थान कम्प्युटर आज वितरण गरेका छन् ।
जनकपुरधाम, १५ भाद्र । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले जनकपुरधाममा आमसभा गर्न लागेको छ । संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाउन गठबन्धनले सो आमसभाको आयोजना गर्न लागेको हो ।
बाँके, १५ भाद्र । नेपाल सरकारका उप प्रधानमन्त्री एंव स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा बर्दियाको गुलरियामा भाद्र ७ गते पक्राउ परेका स्वतन्त्र मधेश गठबन्धनका ४ जना कार्यकर्ता मध्ये एक जना जिल्ला प्रहरी कार्यालय बर्दियाको थुनुवा कक्षमा बिहिबार विहान अचेत अवस्थामा भेटिएका छन् ।
काठमाडौं, १५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतबीचको सहकार्यका प्रतिबद्धताको कार्यान्वयनका लागि दुईपक्षीय संयन्त्र सक्रिय हुन थालेको बताएका छन् ।
नेपालगञ्ज, १५ साउन । नेपालगञ्ज रंगशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको छ । नेपालगञ्जमा हुने आठौं राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणको
कतारको हमाद विन खालिद विन हमाद डब्लुएलएल (एचकेएच) कम्पनीमा कार्यरत ४ सय २७ नेपालीसहित १२ सय विदेशी कामदार अलपत्र परेका छन् ।
एमाले र माओवादीका अध्यक्ष केपी ओली र प्रचण्डले आज संयुक्त सम्बोधन गर्ने कार्यक्रम रहेको काठमाडौँको राष्ट्रिय सभागृहमा तनाव भएको छ ।
सिन्धुली प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बेशक्याम्प राखेर सैन्य तालीम चलाएको सूचना पाएको छ ।
हिजो राति पक्राउ परेका गुण्डा नाईके दीपक मनाङेको बाँकी कैद भुक्तान गर्नका लागि प्रहरीले डिल्लीबजार कारगार चलान गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभाग समेत प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ ।
यातायात क्षेत्रको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको नेपाल उद्योग वाणिज्य महासंघले स्वगत गरेको छ।
बैशाख ७ गतेदेखी शुरुहुने देउती बज्यै विराट धनधान्य महायज्ञको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।
एकता प्रक्रियामा देखिएको असमझदारी हटाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ ।
कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको शनिबार कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।
नयाँ वर्षका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशबासीका नाममा सन्देश दिने भएका छन् ।
“सुरुवाती चरणमा कृषि बिमा गर्न हामी हिच्किचाउँथ्यौं, बिमा समितिले कृषि बिमा प्रबद्र्धन गर्न हामीलाई जवरजस्ती गाउँ धकेलेको महसुस हुन्थ्यो,” नेपाल विमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले भने, “अहिले त समितिले ठीकै गरेको जस्तो लागेको छ किनकी कृषि बिमासँगै बिमाको क्षेत्र बढेको छ, कृषक–बिमक दुबै पक्षलाई फाइदा पुगेको छ ।” पाण्डेले यसो भनिरहँदा उनको अनुहारमा उत्साह देखिन्थ्यो ।
प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमणलाई बनावटी बनाउनुभन्दा व्यवहारमै देखाउन थोरै तर महत्वपूर्ण सम्झौता गरेको दाबी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राति नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतको पाहुना बनेर आराम गरिरहेका बेला यता पुल्चोकस्थित गृहमन्त्रीको क्वार्टरमा प्रधानमन्त्रीविरुद्ध माओवादी मन्त्रीहरुको गोप्य बैठक बस्यो ।