काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री, सप्तरी निवासी उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) ले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (IOE), पुल्चोक क्याम्पसमा रहेको ICTC भवनको प्रयोगबारे अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । जेनजी समावेशी युवा जागरण पार्टी घोषणा भएको छ । नयाँ जेनजी आन्दोलनका अधुरा एजेण्डा पूरा गर्न सडक संघर्ष गर्ने जानकारी गराएको छ ।
चितवन । नेपालमै पहिलो पटक पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु हुने भएको छ।
कैलाली । आम जनता पार्टी (आजपा)का सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले पुराना र नयाँ भनिएका दलहरुले मुलुकको भविष्य सुधार्न नसक्ने ठोकुवा गरेका छन् ।
काठमाडौं । विभिन्न १० क्षेत्रमा महत्वपूर्ण योगदान दिने १० जना विकास नायक सम्मानित भएका छन् । विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड समारोहमा १० जना विकास नायक सम्मानित भएका हुन् ।
काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहता आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको दुई वटा क्षेत्रबाट सिफारिस भएका छन् ।
काठमाडौं । मुलुकमा बढ्दो धार्मिक अल्पसंख्यकमाथिको आक्रमण, बिग्रँदै गएको शान्ति–सुरक्षा अवस्था र राज्यको कमजोर भूमिकाविरुद्ध सङ्घीय गणतान्त्रिक गठबन्धनले गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदै कडा चेतावनीसहित ज्ञापनपत्र पेश गरेको छ।
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का सिरहा जिल्लाका पूर्वअध्यक्ष रामलोचन ठाकुर ‘स्वामीजी’ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
काठमाडौं । लामो समयदेखि भ्रष्टाचार, कुशासन र राष्ट्रिय हितका मुद्दामा सक्रिय रूपमा संघर्ष गर्दै आएका हिन्दुवादी नेता विनय यादव आगामी प्रतिनिधि सभा निर्वाचनमा बारा–४ बाट उम्मेदवारी दिने भएका छन् ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र एशियन इन्टरनेशनल युनिभर्सिटी (एआइयु) बीचको सहकार्यमा सञ्चालन भएको एमबीबीएस छात्रवृत्ति कार्यक्रम अन्तर्गतको छनोट परीक्षा शनिबार सम्पन्न भएको छ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान राजनीतिक व्यवस्था नफालेसम्म देशले सही निकास नपाउने बताएका छन् ।
काठमाडौं । आम जनता पार्टी, जनादेश पार्टी र सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) बीचमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।
जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा क्लोथ बैंक नेपालले मानवतामूलक कार्यको सुरुवात गरेको छ ।
महोत्तरी । पालिका तथा वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू जनताको घरदैलोमै पु¥याउने उद्देश्यले मटिहानी नगरपालिकाले संचालन गरेको एकीकृत घुम्ती सेवा शिविर–२०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।
काठमाडौं । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्दै नेताहरु आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।
काठमाडौँ । नेपालको राष्ट्रिय पहिचान, सामाजिक सद्भाव र दीर्घकालीन स्थायित्वलाई केन्द्रमा राख्दै स्थापना हुन गइरहेको ‘राष्ट्रिय एकता दल’ले आफ्नो औपचारिक घोषणा सभा पुस २५ गते शुक्रबार काठमाडौँमा आयोजना गर्ने भएको छ।
जनकपुरधाम । कठ्याङ्ग्रिँदो जाडोका बीच जनकपुरधामका सडक पेटी तथा सार्वजनिक स्थानमा राति बेवारिसे र असहाय अवस्थामा सुतेका गरिब व्यक्तिहरूलाई लक्षित गरी क्लोथ बैंक नेपालले रात्रीकालीन सिरक वितरण अभियान सञ्चालन गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा)ले जेनजी, जेनजी शहिद परिवार, चर्चित मोडेल, मिडिया उद्यमी, समाजसेवीदेखी सहकारी एवं लघुवित पीडितहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।
काठमाडौं । २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण नबुझाएको तथा सार्वजनिक नगरेको भन्दै निर्वाचन आयोगले कालोसूचीमा राखेकामा पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता राजकुमार गुप्ताले आपत्ति जनाएका छन् ।
नेपालगन्ज । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले प्रदान गर्ने सेवा र सुविधा तथा विकास निर्माणको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजिकरणमा सम्पन्न भएको छ ।
जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आवाज बुलन्द गर्दै जनकपुरधाममा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ।