काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गरेका छन् ।
काठमाडौं, ६ चैत । जसपाका नेता तथा प्रतिनिधि सभा सांसद राज किशोर यादवले बाहिर मिडियामा आएको जस्तो जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र कुनै किचलो नभएको बताएका छन् ।
काठमाडौं, ६ चैत । ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दिपक जैसी) शनिबार छुट्ने भएका छन् । कोलकाताको उच्च अदालतले गत बुधबार उनलाई तत्काल छाड्न आदेश दिएको थियो ।
काठमाडौं, ६ चैत । नुवाकोट जिल्लामा भारतद्वारा हालै पुनर्निर्माण भएका चारवटा विद्यालयहरुको उद्घाटन भएका छन् ।
बाँके, ६ चैत । कोहलपुर नगरपालिकाले एक वर्षमा दुई वटा प्रतिवेदन गुपचुपमै सिमित भएका छन् । गत वर्षको फागुन महिनामा आधारभुत तह २०७६ को परिक्षामा त्रुटी भएपछि छानविन समिति बनाएको थियो र अर्को जनता माध्यमिक विद्यालयमा आर्थिक अनियमितता गरेको उजुरी परेपछि छानविन समिति बनेको थियो ।
रौतहट, ५ चैत । रौतहटको नेपाल–भारत सीमा नाकाबाट प्रहरीले एक किशोरीको उद्धार गरेको छ । उनलाई भारततर्फ लैजाँदै गर्दा प्रहरीले उद्धार गरेको हो ।
काठमाडौं, ५ चैत । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
काठमाडौं, ५ चैत । नेपालको अन्तर्राष्ट्रिय व्यापारमा भारतीय परनिर्भरता बढेको छ । नेपाल राष्ट्र बैंकले यो आर्थिक वर्षको सात महिनामा भारतसँगको व्यापार निकै बढेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
वीरगन्ज, ५ चैत । वीरगन्जको ठाकुरराम क्याम्पसको बीबीए संकायको चौंथो सेमेष्टरमा अध्ययनरत विद्यार्थी सचिन पटेल क्यापसमै आमरण अनशनमा बसेका छन् ।
काठमाडौं, ५ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्ने प्रस्ताव कसैले पनि नल्याएको बताएका छन् ।
काठमाडौं, ५ चैत । प्रदेश २ का सबै आठ वटै जिल्लाहरुमा विद्युत प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता भएको छ ।
जनकपुरधाम, ५ चैत । नेकपा एमाले ओली समूहका प्रदेश सांसदहरुको बैठकले संसदीय दलको नेता दाबी गर्ने निर्णय गरेको छ ।
काठमाडौं, ५ चैत । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अब उधारोमा कसैलाई पनि समर्थन नगर्ने बताएका छन् । उनले चेक पनि नलिने क्यास लिने बताएका हुन् ।
जनकपुरधाम, ४ चैत । प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले बीबीसी प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष साहलाई सम्मान गरेका छन् ।
रुपन्देही, ४ चैत । गैडहवा गाउँपालिका–७ सालघारी बस्ने ईश्वर घर्ती मगर र लोक बहादुर घर्ती मगरको घरमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
कैलाली, ४ चैत । गौरीगंगा नगरपालिका–७ महादेवाबाट एकनाले भरुवा बन्दुक १ थान र से.६ प ७४८६ नम्बरको मोटरसाइकलबाट हेलोजिन लाईट १ थान तथा बन्चरो १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
जनकपुरधाम, ४ चैत । महोत्तरीको पिपरा गाउँपालिकास्थित सहोडवाबाट रहस्यमय तरिकाले बेपता भएका झा दम्पतीको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थालेको छ ।
मलंगवा, ४ चैत । सर्लाहीको हरिपुर ७ चिताईनमा जारी तेस्रो प्रदेश २ स्तरीय भलिबल प्रतियोगिताको उपाधि धनुषाले चुमेको छ । हरिपुर नगरपालिका र लक्ष्मीनाथ महादेव विकास समितिले संयुक्तरुपमा महाशिवरात्रिको अवसरमा आयोजना गरेको प्रतियोगितामा धनुषाले नवलपुर जिल्लालाई हराउँदै उपाधि जितेका छन् । फाइनल खेलमा धनुषाले नवलपुरलाई ३–० को सिधा सेटमा पराजित गरेको छ ।
राजविराज, ४ चैत । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा पार्टी सभापति शेरबहादुर देउवा उपयुक्त हुने बताएका छन् ।
काठमाडौं, ४ चैत । जनता समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग पूरा गर्न प्रधानमन्त्री केपी ओली सकारात्मक देखिएको बताएका छन् ।
काठमाडौं, ४ चैत । प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशी विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सिरहा, ४ चैत । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको बम विस्फोटका कारण सिरहाको लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । कार्यालय ठप्प हुँदा कामकाज प्रभावित भएको छ भने त्रासका कारण कर्मचारी कार्यालय पुग्न डराइरहेका छन् ।
वीरगन्ज, ४ चैत । बहुविवाहको मुद्दामा अदालतबाट एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका एकजनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।
वीरगन्ज, ४ चैत । कोरोनाका कारण गत वर्ष चैत १० गतेदेखि बन्द रहेका वीरगन्जसहितका अन्तर्राष्ट्रिय स्थल नाकाहरु भोली बिहीबारदेखि औपचारिक रुपमा खुल्ने भएका छन् ।