रुपन्देही, २० भाद्र । रुपन्देहीमा दैनिक सात घण्टा पसल–व्यवसाय सञ्चालन गर्न पाउने गरी २८ गतेसम्म निषेधाज्ञा खुकुलो बनाइएको छ ।
जनकपुरधाम, १९ भाद्र । प्रदेश २ सरकारले जनकपुरधामको मणिपाललाई कोभिड विशेष अस्पताल बनाउने भएकोे छ । प्रदेश संकट व्यवस्थापन केन्द्र (पिसिएमसी)को शुक्रबार बसेको बैठकले कोभिड संक्रमितको उपचारको लागि छुट्टै अस्पतालको रुपमा मणिपाललाई तयार गर्ने निर्णय गरेको हो ।
काठमाडौं, १९ भाद्र । कोरोना भाइरस महामारीबीच १० महिनादेखि बन्धक ३ नेपाली चेलीको भारतबाट उद्धार गरिएको छ ।
सिरहा, १९ भाद्र । आन्तरिक विवाद र जनप्रतिनिधिबीचको असमझदारीका कारण सिरहाका सात स्थानीय तहले चालु आर्थिक वर्षको बजेट अझै प्रस्तुत गर्न नसक्दा अन्योल बढेको छ ।
वीरगन्ज, १९ भाद्र । बारा र पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २६ जना पर्सा र १९ जना बाराका हुन् ।
बुटवल, १९ भाद्र । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रुपन्देहीमा शुक्रबार थप दुईजनाको मृत्यु भएको छ ।
कैलाली, १९ भाद्र । डाँका चोरी मुद्दाका फरार प्रतिवादी गौरिगंगा नगरपालिका–२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाँउ बस्ने ५० वर्षीय फुलपाती चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, १८ भाद्र । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले रौतहट घटनाका दोषीहरुलाई कडाभन्दा कडा सजाय दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गौर, १८ भाद्र । रौतहटमा गोली हानेर हत्या गरिएको पुजारी श्रीराम साहको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यक्रममा कालो झण्डासहित विरोध गरेका छन् ।
कैलाली, १८ भाद्र । ज्यान मार्ने उद्योग मुद्दाका फरार जानकी गाउँपालीका–१ बस्ने ३३ वर्षीय धन शाहीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।
मोरङ, १८ भाद्र । कानेपोखरी गाउँपालिका–७ चालिसबिघेस्थित किशोर लुईटेलको घरमा तास खेलीरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूबाट नगद २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ र ४ बुक तास बरामद भएको छ ।
रौतहट, १८ भाद्र । माधवनारायण नगरपालिका–२ खैस्रैया चौकस्थित हनुमान मन्दिरको पूजारी ६५ वर्षीय श्रीराम साहको भदौ ३ गते हत्या गरी फरार रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १८ भाद्र । भारत–चीनबीच तनाव बढ्दै गएपछि नेपाल र भुटानको सीमा क्षेत्रमा विशेष निगरानी गर्न भारत सरकारले आफ्नो सेनालाई निर्देशन दिएको छ ।
काठमाडौं, १८ भाद्र । भारतीय सेना अरुणाञ्चल प्रदेशको सीमा क्षेत्रमा सैनिकको संख्या बढाएको छ ।
वीरगन्ज, १८ भाद्र । पर्सा, बारा र रौतहटमा १ सय १० जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको ५ सय ७६ जनाको स्वाब परीक्षणमा १ सय १० जनाको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पताल वीरगञ्जले जनाएको छ । थपिएका संक्रमितहरुमा ६९ जना पर्साका, २४ जना बाराका र १७ जना रौतहटका छन् ।
जनकपुरधाम, १७ भाद्र । दलितहरुमाथिको भेदभाव अन्त्यका लागि प्रदेश सभाले पारित गरेको दलित सशक्तिकरण ऐन अनुसारको कार्य प्रदेश सरकारले प्रारम्भ गरेको छ ।
कपिलवस्तु, १७ भाद्र । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर नगरपालिका रामनगरकी ७० बर्षिया सोनमति कुर्मीको बुधवार बिहान मृत्यु भएको छ ।
रौतहट, १७ भाद्र । दलित संघर्ष समिति रौतहटले १० सुुत्रीय माग सहित आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लाको गरुडास्थित ईलाका प्रहरी कार्यालय अगाडी धर्नास्थलमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरी दलित संघर्ष समितिले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
जनकपुरधाम, १७ भाद्र । प्रदेश २ मा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ । जसमा पुरुष ७८ जना र महिला १६ जना छन् । मंगलबार थप ४ जनाको मृत्यु भएको छ ।
काठमाडौं, १७ भाद्र । यतिकेम डिस्ट्रिव्युट्र्स प्रालिले कोभिड – १९ का बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधिको आयात गरेको छ । भारतीय औषधि निर्माण कम्पनी सिप्ला लिमिडेटबाट उत्पादित ४८० भाइल औषधि ल्याएको यतिकेमले जनाएको छ ।
काठमाडौं, १७ भाद्र । किसानले लामो समयसम्म लाइन बसेर पर्खिदा पनि नेपाल सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै फोर एच नेपालले एक वक्तव्य जारी गर्दै सरकारको ध्यानाकर्षण गरेकोछ । सरकारलाई तत्काल किसानको मलको समस्या समाधान गर्न नेपाल सरकारसँग जोडदार माग समेत गरेको छ ।
सिरहा, १६ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा कुनै कमीकमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।