काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को असार १० गतेबाट शुरु भएको स्थायी समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीले छलफलका लागि बैठकमा पेस गरेको प्रस्तावमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १३ जना सदस्यहरुले सुझावहरु राखेका थिए ।
नेपालगन्ज, २६ भाद्र । नेपालगन्जको भेरी अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पताल आजदेखि सञ्चालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सो अस्पतालको उदघाटन गरे ।
राजविराज, २६ भाद्र । जिल्ला प्रहरी कार्याल्य सप्तरीका प्रमुख एसपी र डीएसपी सहित अन्य ९ कैदीबन्दीलाई कोरोना संक्रमण भएको छ ।
वीरगन्ज, २६ भाद्र । वीरगन्जमा जारी निषेधाज्ञालाई भदौ ३१ सम्म निरन्तरता दिने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समिति बैठकले भदै २५ गते मध्यरातसम्मका
काठमाडौं, २६ भाद्र । चिसिएको नेपाल–भारतबीचको सम्बन्ध सुधार्न कूटनीतिक पहलमार्फत उच्चस्तरीय वार्ता गर्न विज्ञहरुले सुझाएका छन् ।
नेपालगन्ज, २६ भाद्र । नेपाल सद्भावना पार्टीको बर्दिया जिल्ला अध्यक्ष रहेको सोहराब पठान सहितका नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश भएका छन् ।
काठमाडौं, २६ भाद्र । भारतीय टेलिभिजन च्यानल प्रसारण संस्था इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन (आईबीएफ)ले नेपाल सरकारलाई पत्र पठाउँदै क्लिनफिड नीति कार्यान्वयन छ महिना स्थगित गर्न आग्रह गरेको छ ।
काठमाडौं, २६ भाद्र । भारत र चीनबीच सीमाक्षेत्र लद्दाखमा भएको तनाव कम गर्न पाँच बुँदे सहमति भएको छ । भारतीय विदेश मन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच रुसको मास्कोमा भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।
काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने घोषणा गरेका छन् ।
कपिलवस्तु, २५ भाद्र । कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २९ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
काठमाडौं, २५ भाद्र । नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ ।
बारा, २५ भाद्र । बाराका पत्रकार वीरेन्द्र साहका हत्याका अभियुक्त हरेराम पटेललाई प्रहरीले जिल्लाको कोल्हवीबाट पक्राउ गरेको छ । उनी हत्याको घटना भएको १३ वर्षपछि पक्राउ परेका हुन् ।
कैलाली, २५ भाद्र । धनगढी उपमहानरपालिका–१८ पच्चिसघरस्थित ईन्दिरा सप्लायर्समा आगलागी हुँदा ७५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
काठमाडौं, २५ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेशमा मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहने दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
सिरहा, २५ भाद्र । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्नो प्रथम महाधिवेशनको तयारी सुरु गरेको छ । सोही अन्तर्गत जनमतको प्रथम वडास्तरीय अधिवेशनसमेत सम्पन्न भएको छ ।
जनकपुरधाम, २४ भाद्र । वि.सं. २०७२ सालको मधेश आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा सहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा मधेश अधिकार संघर्ष समिति (मास)ले श्रद्धाञ्जली सभा गरेको छ ।
काठमाडौं, २४ भाद्र । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली पहाडी तथा दुर्गम क्षेत्रका नागरिकहरुलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल बायु सेवा निगमलाई निर्देशन दिएका छन् ।
काठमाडौं, २४ भाद्र । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारतबीचका व्यापार सम्झौताहरूले व्यापारमा सहजीकरण भएको बताएको छ ।
काठमाडौं, २४ भाद्र । भारतमा कोरोना भाइरसको संक्रमण दर विश्वमै सबैभन्दा बढी देखिएका बेला भारतीय शोधकर्ताले कोरोना भाइरसको संक्रमण रोक्ने नयाँ तरिका पत्ता लगाएको दाबी गरेका छन् ।
काठमाडौं, २४ भाद्र । भारतले नेपालबाट कुनै ढिलाइ नगरी रक्सौल–काठमाडौं रेल लिंकको विस्तृत अध्ययन गर्न अनुमति माग गरेको छ ।
काठमाडौं, २४ भाद्र । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व सुरु भएको छ । यसको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ । यस पर्वले मिथिला महिलाको सांस्कृतिक भूमिका र महत्व पनि उजागर गर्ने गरेको संस्कृति विद्हरु बताउाछन् ।
कपिलवस्तु, २३ भाद्र । कपिलवस्तुमा एकजना पत्रकारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
जनकपुरधाम, २३ भाद्र । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारीको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न प्रदेश स्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई निर्देशन दिएका छन् ।