काठमाडौं, १६ भाद्र । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण निको पार्ने लागि अहिलेसम्म कुनै विशिष्ट औषधि फेला परेको छैन । त्यसैगरी कोरोनाविरुद्धको एकमात्र आशाको रुपमा विश्वभर विकास भइरहेका खोपहरुलाई लिइएको छ ।
काठमाडौं, १५ भाद्र । छिमेकी मित्रराष्ट्र भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गरेकी छन् ।
काठमाडौं, १५ भाद्र । छिमेकी मित्रराष्ट्र भारतका पूर्वराष्ट्रपति तथा ‘भारत रत्न’ प्रणव मुखर्जीको निधन भएको छ । सोमबार साँझ ८४ को उमेरमा मुखर्जीको निधन भएको हो ।
रौतहट, १५ भाद्र । सर्लाहीमा जारी निषेधाज्ञा भदौ २१ गतेसम्मका लागि थपिएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’को बैठकले निषेधाज्ञाको समय भदौ २१ गतेसम्म थप गरिएको जनाएको छ ।
जनकपुरधाम, १५ भाद्र । प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबार प्रदेश २ मा २२७ संक्रमित भेटिएसँगै यहाँ संक्रमितको संख्या १० हजार नाघेको हो ।
जनकपुरधाम, १५ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले जिल्लाहरुमा उपलब्ध गराएको स्रोत साधनलाई इमान्दारिताका साथ सदुपयोग गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौं, १५ भाद्र । नेपालले गत आर्थिक वर्ष २०७६/७७मा झण्डै एक अर्ब रुपैयाँको विद्युत् भारत निर्यात गरेको छ । आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गरिरहेको भन्ने आरोप खेपिरहेको नेपाल विद्युत प्राधिकरणले गत आवमा ९५ करोड ७० लाख रुपैयाँको विद्युत भारत निर्यात गरेको हो ।
वीरगन्ज, १५ भाद्र । वीरगन्जमा पनि प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु भएको छ । नारायणी अस्पतालमा एक कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट सुरु गरिएको अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए ।
काठमाडौं, १५ भाद्र । नेपालमा कोरोना भाइरस संक्रमणबाट पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार मनरा सिसवा–४ निवासी ४० वर्षीय हेल्थ असिस्टेन्टको तीन दिनअघि मृत्यु भएको हो ।
रौतहट, १५ भाद्र । गोली हानेर पुजारीको हत्या गरिएको स्थानमा मन्दिर तथा मठ निर्माण गर्नका लागि शिलान्यास गरिएको छ ।
जनकपुरधाम, १४ भाद्र । प्रहरी हिरासतमा उपचारको क्रममा मृत्यु भएका दलित युवा विजय महराको परिवारलाई प्रदेश २ को सरकारले पाँच लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
बाँके, १४ भाद्र । राप्तीसोनारी गाउँपालिका–८ स्थित सडकमा ना.४ ख २१३९ नम्बरको ट्रकमा भे.८ प २२३८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–१ बस्ने ३२ वर्षीय केवन देवकोटाको मृत्यु भएको छ ।
काठमाडौं, १४ भाद्र । नेपालमा रेल सेवा सञ्चाल गर्न आवश्यक प्राविधिक कर्मचारी तत्काल भारतबाट नै ल्याइने भएको छ ।
काठमाडौं, १४ भाद्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने घोषणा गरेका छन् ।
काठमाडौं, १४ भाद्र । नेपाली सेनाको जंगी अड्डामा कार्यरत तनहुँ रानी पोखरी स्थायी ठेगाना भएका एक जवानले आफैंले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका छन् ।
वीरगन्ज, १४ भाद्र । वीरगन्जमा थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६ महिने शिशुदेखि ९७ वर्ष उमेर समूहका ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सप्तरी, १४ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट सप्तरीमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।
दाङ, १४ भाद्र । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका २ चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि अस्पताल सिल गरिएको छ ।
रौतहट, १४ भाद्र । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले रौतहटको माधव नारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिर तथा मठ निर्माण गर्ने घोषणा गरेका छन् ।
काठमाडौँ, भाद्र १३ ।काठमाडौं को घट्टेकुलो स्थित नेसनल मेडिकल अस्पतालको बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहितको टोलीले निरिक्षण गरेको छ।
मोरङ, १३ भाद्र । बेलबारी नगरपालिका–५ बस्ने ४० वर्षीय चन्द्र कुमार राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३२ वर्षीय जितेन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १३ भाद्र । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि कैलालीमा जारी निषेधाज्ञा थप ५ दिनसम्म निरन्तर रहने भएको छ ।