नेपालगन्ज, १० भाद्र । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
बारा, ९ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारी नियन्त्रणको विषयमा बारा र पर्सा जिल्लाको सरोकारबालाहरुसँग छलफल गरेका छन् ।
बीरगञ्ज, ९ भाद्र । वीरगञ्जका निजी अस्पतालमा कार्यरत १५० जना डाक्टरले सामूहिक राजीनामा दिएका छन् । पाँच बुँदे माग राखेर ७ दिने अल्टिमेटम दिएका डाक्टरहरूले माग पूरा नभएको भन्दै सामूहिक राजीनामा दिएका हुन् ।
काठमाडौैं, ९ भाद्र । सत्तारूढ नेकपको कार्यदलले नेपाल–भारत सीमा समस्याका लागि स्थायी कमिटीबाट विशेष प्रस्ताव पारित गर्न सुझाव दिएको छ ।
जनकपुरधाम, ९ भाद्र । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढदै गएपछि उच्च अदालत जनकपुर तथा जिल्ला अदालत धनुषा र महोत्तरीले अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम, ९ भाद्र । प्रदेश २ मा कोरोना भाइरसको संक्रमणबाट सोमबार साँझसम्म ६२ जनाको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो ।
रुपन्देही, ९ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट रुपन्देहीमा एक जनाको मृत्यु भएको छ । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
नेपालगञ्ज, ८ भाद्र । कोभिड–१९ महामारीका कारण मुस्लिम समुदायले एकसातासम्म धुमधामका साथ मनाउने मोहर्रम पर्वका सबै धामिर्क कार्य यस वर्ष घरमै मनाउन आग्रह गरिएको छ ।
वीरगन्ज, ८ भाद्र । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । मेयर सरावगीले संक्रमण पुष्टि भएको २५ दिनपछि कोरोनालाई जितेका हुन् ।
रौतहट, ८ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटको माधवनारायण नगरपालिकाको खेसरहियामा हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्याकाण्डको सम्बन्धमा पाँच बुँदे माग गरेका छन् ।
काठमाडौं, ८ भाद्र । नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्यदलको दोस्रो बैठक सम्पन्न भएको छ । नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन गर्ना बैठक केन्द्रित रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
काठमाडौं, ८ भाद्र । नेपालको ई–कमर्स कम्पनी सस्तोडिल र भारतको लोकप्रिय ई–कमर्स कम्पनी फ्लिपकार्टले आफ्नो लाखौं विक्रेताहरूको लागि सीमापार व्यापार सुरु गर्न रणनीतिक समझादरी गरी सम्झौता गरेका छन् ।
जनकपुरधाम, ८ भाद्र । प्रदेश २ सरकारले प्रदेशमा रहेका निजी अस्पताल र मेडिकल कलेजलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्ने भएको छ ।
काठमाडौं, ८ भाद्र । नेपाली सेनाले सीमा अनुगमन, व्यवस्थापन तथा रक्षाका लागि छुट्टै निर्देशनालय गठन गरेको छ । मन्त्रिपरिषद्को स्वीकृतिसँगै जंगी अड्डाले सीमासम्बन्धी सर्भे तथा सीमा अनुगमन निर्देशनालय गठन गरेको हो ।
जनकपुरधाम, ८ भाद्र । प्रदेश २ को सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्य तथा युवा नेता विदेश्वर यादव (बिक्की)ले प्रदेश सरकारको कडा आलोचना गरेका छन् ।
विराटनगर, ८ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमण जाँचका लागि विराटनगर महानगरपालिकाले आफ्नै पीसीआर मेसिन किनेको छ ।
वीरगन्ज, ८ भाद्र । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
काठमाडौं, ८ भाद्र । प्रदेश २ को प्रादेशिक अस्पताललाई कोरोना अस्पताल बनाउन लागेको भन्दै जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष डा.मनोज मुक्ति ‘विवेक’ले आपत्ति जनाएका छन् ।
नेपालगञ्ज, ८ भाद्र । दानवीर एवं समाजसेवी स्व. औतारदेई कशौधन (चौधराइन)को १० स्मृति दिवसमा माल्याअर्पण गरिएको छ ।
काठमाडौँ, ७ भाद्र । जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनका लागि नेपाली कर्मचारी नपाएपछि भारतबाट ल्याइने भएको छ ।
काठमाडौं, ७ भाद्र । लिम्पियाधुरा, कालापानी र लिपुलेकको स्वामित्वलाई लिएर नेपाल–भारतबीच विवाद भइरहेका बेला चीनले सो क्षेत्रमा अतिरिक्त सैनिक खटाएको भारतीय सञ्चारमाध्यमको दाबी छ ।
रौतहट, ७ भाद्र । रौतहट जिल्ला भरमा लागूहुने गरि आगामी १४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।