8/28/2020

काठमाडौं, १२ भाद्र । काठमाडौ–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि भारतीय टोली नेपाल आउन चाहे पनि कोभिड–१९ कारण तत्काल अनुमति दिन नसकिएको रेल विभागले जनाएको छ ।

8/28/2020

महोत्तरी, १२ भाद्र । महोत्तरीको बर्दिबास नगरपालिकाले आफैँ कोभिड–१९ को परीक्षण शुरु गरेको छ ।

8/28/2020

काठमाडौं, १२ भाद्र । रौतहटको हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले काठमाडौँमा प्रदर्शन गरेको छ ।

8/28/2020

जनकपुरधाम, १२ भाद्र । प्रदेश २ मा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । बारामा १ गर्भवती महिलासहित ५ जना, पर्सामा २ जना र धनुषामा १ जना गरी ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।

8/28/2020

वीरगन्ज, १२ भाद्र । कोरोना भाइरस संक्रमणको हट स्पट बनेको पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार नाघेको छ । थप २४ जनामा संक्रमण पुष्टि भएसँगै पर्सामा संक्रमितको संख्या २ हजार २२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

8/28/2020

रौतहट, १२ भाद्र । रौतहटमा राज्यको नियन्त्रण र जिम्मेवारीमा रहेका युवाको शंकास्पद ढंगले भएको मृत्युको घटनाप्रति ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको नेपाली कांग्रेसले जनाएको छ ।

8/28/2020

काठमाडौं, १२ भाद्र । चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

8/28/2020

जनकपुरधाम, १२ भाद्र । निषेधाज्ञाको नाममा व्यापारीहरुलाई धारासायी गर्ने काम भइरहेको भन्दै धनुषा चेम्बर अफ कमर्सले जनकपुरमा विरोध प्रदर्शन गरेको छ ।

8/28/2020

काठमाडौं, १२ भाद्र । सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को परराष्ट्रमन्त्री तथा मन्त्रीस्तरीय अनौपचारिक बैठकमा सहभागिता जनाउने भएको छ ।

8/28/2020

बाँके, १२ भाद्र । डुडुवा गाउँपालिका–५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

8/28/2020

कैलाली, १२ भाद्र । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

8/28/2020

काठमाडौं, १२ भाद्र । पछिल्लोपटक भएको सचिव(सहसचिव) सरुवालाई स्थगन गरी छोटो अवधिमा सचिव सरुवाको प्रवृत्तिलाई अन्त्य गर्न प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेका छन् ।

8/27/2020

सर्लाही, ११ भाद्र । प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले कोरोना महामारीको यस संकटको घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

8/27/2020

गौर, ११ भाद्र । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले आन्दोलन सुरु गरेका छन् ।

8/27/2020

रौतहट, ११ भाद्र । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहले रौतहटमा प्रहरी हिरासतमा मृत्यु भएका दलित युवा विजय रामको हत्यारालाई कारवाही गर्न माग गरेका छन् ।

8/27/2020

काठमाडौं, ११ भाद्र । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाएको छ ।

8/27/2020

जनकपुरधाम, ११ भाद्र । प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा छटपटिएर मृत्युवरण गरेका धनुषाको हंसपुर नगरपालिकाकाका राजु सदाका परिवारलाई बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले ५० हजार रुपैंया नगद सहयोग गरेका छन् ।

8/27/2020

काठमाडौं, ११ भाद्र । सरकारले भदौ १६ देखि सुरु गर्न लागेको अन्तर्राष्ट्रिय उडान भारतबाट नहुने भएको छ

8/26/2020

रुपन्देही, ११ भाद्र । कोरोना भाइरस संक्रमणबाट बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा एक ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।

8/26/2020

वीरगन्ज, ११ भाद्र । कोरोना भाइरसको संक्रमणबाट वीरगन्जस्थित नारायणी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।

8/26/2020

महोत्तरी, १० भाद्र । महोत्तरीमा निषेधाज्ञ थप गरिएको छ । निषेधाज्ञाको समय सकिन लाग्दा पुनः पाँच दिनको लागि निषेधाज्ञाको समय बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

8/26/2020

जनकपुरधाम, १० भाद्र । रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही एक लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको छ ।

8/26/2020

नेपालगन्ज, १० भाद्र । पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य मो. इस्तियाक राईले नेपालगन्ज उपमहानगरपालिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।

8/26/2020

काठमाडौं, १० भाद्र । काठमाडौं लगायत ललितपुर र भक्तापुरमा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ ।

8/26/2020

वीरगन्ज, १० भाद्र । वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

ट्रेन्डिङ